सिउँदोमा सिन्दुर हाल्नु पूर्व दुलहीलाई शाहिदले दिए २३ लाखको औठी

२०७२ असार २३ गते मुम्बई ।


बलिउड अभिनेता शाहिद कपूरले दिल्ली गर्ल मीरा राजपूतसँग मंगलबार विवाह गरेका छन् ।






अनौठाको कुरा के भने विवाहभन्दा पहिला शाहिदले मीरालाई लगाइदिएको औठी २३ लाख रुपैयाँ भारुको रहेको खुलेको छ ।





खबर अनुसार दिल्लीको एक ज्वैलर्समा शाहिद कपूरले आफ्नी  श्रीमतीका लागि स्पेशल औठी बनाएका थिए ।

त्यो नै २३ लाखको औठी थियो ।
उनले मिराको हातमा पहिला त्यो औठी कसेर लगाएका थिए ।


त्यसपछि मात्रै सात फेरि लगाएर सिउँदोमा सिन्दुर हाली उनलाई आफ्नो बनाएका थिए ।
स्रोत - दैनिक नेपाल

0 comments

Write Down Your Responses