काठमाडौंमा स्कुलको कक्षाकोठामै दिउँसै अन्धाधुन्ध चक्कु प्रहार, एक छात्रा घाइते

२०७२ असार १८ गते


काठमाडौं, १८ असार । काठमाडौंको एक उच्च माध्यामिक विद्यालयमा कक्षाकोठामै दिउँसै अन्धाधुन्ध चक्कु प्रहार भएको छ ।
काठमाडौंको गोठाटारस्थित तेज विनायक उच्च माविमा बिहानीको समयमा पढाई भइरहँदा तीन जनाले अन्धाधुन्ध चक्कु प्रहार गर्दा कक्षा ८ मा अध्ययनरत एक छात्रा घाइते भएकी छिन् ।
महानगरीय प्रहरीका अनुसार अन्धाधुन्ध चक्कु प्रहारबाट हेमा कटुवालको दायाँ हातमा गहिरो चोट लागेको हो । कक्षाकोठाबाट बाहिर भाग्ने क्रममा उनीमाथि खुकुरी प्रहार भएको थियो ।
आपसी विवादपछि तीन जना किशोरले तरकारी पलसबाट चक्कु लिएर स्कुलको कक्षाकोठाभित्र प्रवेश गरेका थिए । ‘विहानी कक्षा सञ्चालन भइरहेका बेला ढोकामा लात्तीले हान्दै कक्षाकोठामा प्रवेश गरे, कक्षाकोठामा प्रवेश गरेर फलामे रड र चक्कुले तर्साउन थालेपछि विद्यार्थीहरु भागे ।’ शिक्षक इन्द्र कडरियाले भने ।
घटनामा संलग्न तीनै जना नविन दाहाल, अभिनाश दाहाल र सुलभ पण्डितलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त बानेश्वरले कारवाही प्रक्रिया अगाडि बढाएको छ । शिक्षक इन्द्र कडरियाका अनुसार नविन पूर्वविद्यार्थी हुन् । उनी यसअघि पनि स्कुलमा आएर धम्क्याउँदै आएका थिए । घाइते छात्रा केसीको उपचार भइरहेको छ ।
स्रोत - दैनिक नेपाल

0 comments

Write Down Your Responses