मानिस बस्न मिल्ने अन्तरिक्ष स्टेशन – फोटो फिचर

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन एक मानव निर्मित भु-उपग्रह हो। यसले पृथ्वीलाई एक चक्कर लगाउन ९२.९१ मिनेट लगाउँछ। यसले पृथ्वीलाई २७,६०० किलोमिटर प्रतिघण्टाको गतिमा घुम्छ।


घुम्दैगर्दा केही सेकेण्डको लागि यो स्टेशन पृथ्वी र चन्द्रमाको बिचमा परेको थियो। त्यसैबेला एक अष्ट्रेलियन फोटोग्राफरले यसको तस्विर कैद गर्न भ्याए। केबल .३३ सेकेण्डको लागि मात्र यो पृथ्वी र चन्द्रमाको बिचमा परेको थियो।


यसको निर्माण सन् १९९८ नोभेम्बर २० बाट सुरु गरिएको थियो। ६ जना सम्म यात्रीको लागि यो स्टेशन तयार पारिएको थियो। पृथ्वीबाट करिब ४१० किलोमिटर दुरीमा यसले पृथ्वीलाई घुम्दछ। यो स्टेशनको तौल करिब ४५०,००० किलोग्राम छ। अन्तरिक्षमा यसले ६,००० भन्दा बढी दिनमा पृथ्वीको ९२,५०० चक्कर लगाइसकेको छ।

सफा आकाशमा यसलाई बिनाकुनै उपकरण पनि देख्न सकिन्छ। अन्तरिक्ष सम्बन्धि अध्ययनको लागि यो कृत्रिम भु-उपग्रह प्रयोग गरिदै आएको छ।

यो लगातार घुमिरहेको स्याटेलाइटमा मानिस बस्न मिल्ने गरि तयार पारिएको थियो।

पृथ्वीबाट रकेटमा बसी यो स्टेशनसम्म जान सकिन्छ। चन्द्रमा तथा मंगल ग्रहको अध्ययनको लागि यसको प्रयोग अधिक गरिन्छ।

0 comments

Write Down Your Responses