राशिफल / २०७२ आषाढ २९ गते मङ्गलबार

वि.सं. २०७२ आषाढ २९ गते मङ्गलबार तदनुसार ई. सं. २०१५ जुलाई १४ तारिख,
किलक नामक संवत्सर, शाके :— १९३७, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :— ११३५, (अनलागा)

इटहरी, सुनसरी, नेपालमा सूर्योद

य : बिहान ०५:१२ बजे र सूर्यास्त : साँझ ०६:५० बजे
काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१८ बजे र सूर्यास्त : साँझ ०७:०० बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२२ बजे र सूर्यास्त : साँझ ०७:०६ बजे

आषाढ कृष्णपक्षको त्रयोदशी तिथि, बिहान ०६:३९ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि,
मृगशिरा नक्षत्र, दिउँसो ०१:४६ बजेसम्म, त्यसपछि आद्र्रा नक्षत्र, चन्द्रमा मिथुन राशिमा (अहोरात्र व्याप्त),
ध्रुव योग, मध्यरात्रीपछि १२:२८ बजेसम्म, त्यसपछि व्याघात योग,
शकुनि करण, साँझ ०६:२८ बजेसम्म त्यसपछि चतुष्पाद करण,
आनन्दादि योग : राक्षस, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : दक्षिण, वारशूल : उत्तर,

आजको व्रत÷पर्व : नेपाली भाषा एकीकरण दिवस, भानु जयन्ती, नेवारी पर्व अनलाचह्रे पूजा
आगामी ३ दिनभित्र पर्ने व्रत/पर्व तथा शुभ मूहुर्त :
भोलिको व्रत÷पर्व : दर्श श्राद्ध, निशि बार्ने दिन
३१ गते : स्नानदानादिका लागि औंसी, हलो बार्ने दिन, पुरुषोत्तम महिनाको तथा मालपुवा (अपूप) दान समाप्ति,
०१ गते : चन्द्रोदय, श्रावण सङ्क्रान्ति, कण्डारक पूजा, लुतो फाल्ने दिन, दक्षिणायन प्रारम्भ, कृष्णप्रणामीहरुको वितककथा प्रारम्भ, थारु जनजातिको गुरिया पर्व, अग्निवास(होमादि),
आजको राशिफल

ariesमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ, ख्याति कमाइने छ । आध्यात्मिक भावनाको विकास हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले भाग्योन्नतिको अवसर आउनसक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

taurus
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आर्थिक दृष्टिले मध्यमफल प्राप्त हुनेछ । नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको प्रतिकूल अर्थ लाग्नेछ, होस पुर्याएर बोल्नुहोला । तपाईंसँग चेलीबेटी वा कुटुम्बपक्षको सम्बन्ध चिसिन सक्छ, सचेत रहनु होला । उमंग, जोस र जाँगरलाई संयम भई प्रयोग गर्नु श्रेयस्कर हुनेछ । धातु र गरगहनाको खरिदमा महँगोमा पर्नसक्नु हुन्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

gemini
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आजको तपाईंको निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । आम्दानीमा कमी आउने छैन, मनमा कताकता केही कमी भएझैं लागे पनि समग्रमा आजको दिन तपाईंका लागि लाभकारी नै हुनेछ । कुनै नयाँ काममा मन जानेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

cancer
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
ठूला आशा र महत्वाकांक्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । तपाईंले आँफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ, किनभने भ्रमण, पर्यटन र मनोरञ्जनात्मक क्रियाकलापमा खर्च बढ्ने छ ।  आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

leo
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तोषजनक लाभ हुनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

virgo
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आफन्तबाट सहयोग प्राप्त हुने छ । कर्मसिद्धिको योग भएकाले गरेको प्रयास सार्थक बन्नसक्छ । रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेले महत्त्वपूर्ण अवसर फुत्काउन सक्छन्, प्रशंसा, बढुवा वा उन्नतिका लागि गरेको प्रयास सफल हुनेछ । अप्रत्याशित कामबाट फाइदा लिन सकिने छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

libra
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मातापिताका चाहाना पूरा गनै आजको दिन अनुकूल छ । भाग्यभावमा रहेको चन्द्रमालाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ । धार्मिक तथा सामाजिक गतिविधिमा संलग्न हुँदा बन्दव्यापारमा प्रभाव पर्नसक्छ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नसक्छ । करकुटुम्बको आगमन हुनसक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

scorpio
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
अष्टमस्थ चन्द्रका कारण गर्नु नपर्ने कामबाट जोगिने समय हो, गर्न बाँकी काम पनि आजलाई थाती राख्नु नै बेस हुनेछ । छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । गुप्त र मानसिक रोगले सताउन सक्छ । झिनामसिना घरायसी कामको चाप बढ्ने छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

sagittarius
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
तपाईंको निर्णय क्षमताको प्रशंसा हुनेछ । दाम्पत्य जीवन असल हुनेछ वा अविवाहित हुनुहुन्छ भने कसैले नयाँ सम्बन्धको प्रस्ताव राख्न सक्छ । वादविवाद र झैझगडामा आफ्नो जित हुनेछ । उपहार, चिट्ठा, पुरस्कार आदिबाट आकस्मिक धनप्राप्तिको सम्भावना छ । भोजभतेर र रमझममा सहभागी भइने छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

capricorn
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवान्धव र साथीभाइले सहयोग पुर्याउने छन् । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । उसको व्यवहारले तपाई प्रभावित बन्नु हुनेछ । पुख्र्यौली सम्पत्तिको विवादलाई निराकरण गर्ने दिन हो । समाधानको बाटो पहिल्याउनुस्, सफलता हात पर्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

aquarius
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
भाइबहिनी वा सन्ततिका समस्यामा केन्द्रित हुनुपर्ने छ । पारिवारिक वातावरण अनुकूल नहुनाले दिक्क लाग्न सक्छ ।  आर्थिक मामिलामा नराम्रो छैन । पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ तर बौद्धिक र सृजनात्मक क्षमता ह्रास आउने छ यद्यपि आजको चिन्तनले थोरबहुत काम गर्नेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

pisces
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
चौथो घरमा रहेको चन्द्रमाको प्रभावले घरपरिवारसँगै बस्नेहरूका लागि आजको दिन गतिलो छैन, अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन्, नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । तर देशपरदेशमा रहनेहरूले केही हदमा सकारात्मक फल प्राप्त गर्नेछन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी,

,

0 comments

Write Down Your Responses