हरि पराजुलीबारे मनोज गजुरेलले बनाए यस्तो जोक
१८ असार
असार १५ गते काठमाण्डुको मुलपानीमा भएको रोपाई महोत्सवका क्रममा महिलामाथि अश्लील हर्कत गरेका एमाले नेता तथा कृषिमन्त्री हरिपराजुली यतिखेर चर्चा र विवादको केन्द्रमा छन् । विवादका कारण एमालेले पराजुलीलाई सरकारबाटै फिर्ता बोलाइसकेको छ ।
मन्त्रीबाट राजीनामा दिएयता उनी सार्वजनिक रुपमा कतै देखिएका छैनन् । सामाजिक सञ्जाल पराजुलीविरुद्ध खनिएको छ । यही मेसोमा हास्य कलाकार मानोज गजुरेलले पराजुलीका बारेमा रमाइलो जोक बनाएका छन् । गजुरेलले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् । सामाजिक सञ्जालमा व्यापक रुचाइएको गजुरेलको जोक जस्ताको तस्तैः–
दर्जन प्रश्न : उत्तर एक
हरि बिजोग भनेको के हो ?
‘हरि ओम् स्वाहा’ भन्नाले के बुझिन्छ ?
नेपाली स्ल्यांगमा ‘हरिप पारा’ केलाई भन्छन् ?
कर्मको फलको उदाहरण के हुन्छ ?
जोशमा होस नपुऱ्याउंदा कस्तो गति हुंदो रहेछ ?
हरि लठ्ठक कस्तालाई भन्छन् ?
‘ए हरी, डल्लो परी’को सप्रसंग ब्याख्या गर्नोस् ।
‘फिर्ता लगे हरीलाई, कठैबरी’लाई कुनमन्त्रीको कथामा आधारिक सिनेमा हुनेछ ?
‘मुलैको पानीले, आंखा सन्काई नानीले, स्वात्तै चिप्लें झिल्के बानीले’, यो कसको भनाई हो ?
‘आकासको राहु पातालको केतु, एक पटक नपरी कसरी चेतुं’ भनेको के हो ?
‘पुर्वीय समाजमा पश्चिमा चाला, नपच्ने ब्यवहारले मन्त्री पद खाला’, कसरी ?
‘धानै खायो गाई तारे मालीले, मलाई खायो खेतैको आलीले’ भन्नाले को बुझिन्छ ?
(निर्वतमान कृषि मन्त्री हरि प्रसाद पराजुलीलाईलाई हार दिक्क बिदाई जसले आफ्नो पद शहीद बनाए, तर अरु धेरै जनालाई सबक सिकाएर गए । )
0 comments
Write Down Your Responses