हिन्द महासागरलाई आफ्नै आँगन नठान्न भारतलाई चीनको चेतावनी
२०७२ असार १८ शुक्रबार
एजेन्सी
बेइजिङ: चीनले हिन्द महासागरमा स्थिरता ल्याउने कार्यमा भारतको विशेष भूमिका स्वीकार्य भए पनि आफ्नै आँगन नसम्झन चेतावनी दिएको छ।
चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयका सामरिक संस्थानका सहप्राध्यापक एवं वरिष्ठ क्याप्टेन झाओ यीले भारतीय प्रतिनिधिमण्डललाई बताएका हुन्।
खुला समुद्र र अन्तर्राष्ट्रिय क्षेत्रलाई भारतले आफ्नै आँगन जस्तो सम्झनु उचित नहुने उनको स्पष्टोक्ति थियो। हिन्द महासागरमा चिनियाँ सेनाको बढ्दो प्रभावलाई लिएर भारतले अनावश्यक चिन्ता गरेको यीको भनाइ थियो।
उनले भौगोलिक अवस्थितिका हिसाबले हिन्द महासागरमा भारतको विशेष भूमिका हुन्छ। दक्षिण एसिया र हिन्द महासागरमा स्थिरता कायम गर्ने विषयमा भारतको भूमिका आवश्यक भएको तर भारतले अनावश्यक चिन्ता गरेको उनले बताए।
‘यदि भारतले हिन्द महासागरलाई आँगन सम्झेको भए अहिलेसम्म अमेरिका, रूस र अस्ट्रेलियाका नौसेना हिन्द महासागरमा स्वतन्त्र रूपमा आवत जावत गरिरहेका छन्', उनले भने, 'त्यसमा किन केही बोल्दैन।'
२१औं शताब्दीमा हिन्द महासागरमाथि ध्यान केन्द्रित हुँदा त्यसको परिणाम स्वरूप द्वन्द्व हुने अमेरिकी विज्ञहरूको भनाइ उनले उद्धृत गरे।
यदि भारतले हिन्द महासागरलाई आँगन सम्झेको भए मौन बस्नुको कारण खोजे। अमेरिकाको यस्तो भनाइप्रति चीनलाई कुनै वास्ता नभएको पनि उनले बताए।
हिन्द महासागरमा चिनियाँ नौसेनाको बढ्दो उपस्थितिका बारेमा पिपुल्स लिबरसन आर्मीद्वारा हालै एक श्वेतपत्र जारी गरिएको छ। श्वेतपत्रमा धेरै टाढा रहेका ‘खुला समुद्रमा संरक्षण'का लागि चिनियाँ नौसेनाको भूमिका पहिलोपटक स्पष्ट पारिएको छ।
यसमा सामरिक नीतिको रूपरेखा पेस गरिएको छ। यसैयरी गत वर्ष श्रीलंकाको कोलम्बो बन्दरगाहमा चिनियाँ पानीजहाज र पनडुब्बीको तैनाथीप्रति भारतले चिन्ता प्रकट गरेको थियो।
यसैगरी हालै कराँचीमा चिनियाँ पानीजहाज रोकिँदा भारतले चासो व्यक्त गरेको थियो। हिन्द महासागरमा चिनियाँ सेनाको गतिविधि सन् १९८५ देखि सुरु भएको पिएलए नेवी एकेडेमिक इन्स्टिच्युटका शोधकर्ता झाङ वेईले बताए।
त्यसबेलादेखि नै चिनियाँ नौसेनाले भारत, बंगलादेश र पाकिस्तानका सामुद्रिक क्षेत्र पुग्ने गरेको स्मरण गराए। चीनको व्यापारका लागि कयौं पनडुब्बीले हिन्द महासागर बेरोकटोक पार गर्दै आएको झाङको भनाइ छ।
झाङले भने, ‘समुद्रमा हुने डकैती र तस्करी रोक्न पनि चिनियाँ सेनाको तैनाथी अत्यावश्यक छ। हाम्रा नौसैनिकले सामुद्रिक मार्गमा ६ हजारभन्दा बढी पानीजहाजको सुरक्षा गरिरहेका छन्।'
भारतीय, अमेरिकी, जापानी र अस्ट्रेलियाली नौसेनाले मालाबारमा गरिरहेको युद्धअभ्यास अभ्यास क्षेत्रसम्म मात्रै सीमित रहनुपर्ने पनि उनको कथन छ।
चीनले दक्षिणी चीन सागर आफ्नो क्षेत्र भएको दाबी गर्दै आएको छ। यो क्षेत्रका लागि भियतनाम, फिलिपिन्स, मलेसया, ब्रुनाई र ताइवानसँग विवाद छ।
0 comments
Write Down Your Responses