दाजु विरामी भएको मौकामा भाउजुमाथि दुई वर्षदेखि बलात्कार !
एजेन्सी । दाजु विरामी भएको समयमा एक युवकले आफ्नै भाउजुमाथि दुई वर्षदेखि निरन्तर बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
भाउजु ८ महिनाकी गर्भवती भएपछि उक्त घटना सार्वजनिक भएको हो ।
भारतको नोएडामा घटना छानविनका क्रममा देवरले भाउजुसँग विवाह गर्नुपर्ने निर्णय सुनाइएपनि उनले विवाह अस्वीकार गरेका छन् ।
ती महिलाको विवाह २ वर्षअघि विवाह भएपनि त्यसलगत्तै श्रीमान् विरामी परेका थिए ।
विरामीको फाइदा उठाएर उनकै कान्छा भाइले अपांग भाउजुमाथि निरन्तर यौन सम्बन्ध राखेका थिए ।
महिलाले घरकै अन्य सदस्यलाई यो कुराबारे जानकारी दिएपनि बेवस्ता गरेको पीडित महिलाको भनाई छ । महिलाले घटनाबारे प्रहरीमा जानकारी दिएपछि छानविन सुरु भएको हो ।
0 comments
Write Down Your Responses