मन्त्रीसँग नाम जोडिएर आएको समाचारले नम्रतालाई तनावः यस्तो लेखिन्

२० साउन, काठमाडौं ।

कुनै समय गोप्य निजी भिडियो सार्वजनिक भएर तनावमा परेकी नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री नम्रता श्रेष्ठ सञ्चार मन्त्री मिनेन्द्र रिजालबाटै यौन प्रस्ताव आएको र त्यसलाई स्वीकार नगर्दा राष्ट्रिय चलचित्र पुरस्कार नपाएको भन्ने भ्रमात्मक समाचार प्रकाशित भएर पुनः तनावमा परेकी छिन् ।

आफ्नो विषयमा विभिन्न खाले टिका टिप्पणीसहित अनलाइन तथा विभिन्न माध्यममा यौन प्रस्ताव र राष्ट्रिय पुरस्कारलाई जोडेर समाचार प्रकाशित भएपछि नम्रताले यस्ता विषयमा भ्रमात्मक समाचार प्रकाशित नगर्न भन्दै स्पष्टिकरण सार्वजनिक गरेकी छिन् ।



उनले कुन समाचारलाई भनेर स्पष्ट नभनेपनि केही दिन यता केही सञ्चार माध्यममा नम्रताका विषयमा सञ्चार मन्त्री मिनेन्द्र रिजालसँग जोडिएर समाचार प्रकाशित भएका थिए । उनलाई मन्त्रीले यौन प्रस्ताव राखेको र अस्वीकार गर्दा पुरस्कार नपाएको समाचारको हेडलाइन थियो ।

नम्रताले आफू राष्ट्रपति निवासमा आयोजित पुरस्कार वितरण कार्यक्रम सकिए लगतै निस्कनुको कारण अन्य केही नभएर आफ्नो ब्यस्तता मात्र भएको भन्दै यस्ता विषयमा समाचार लेख्दा आफ्नो सहमति नलिइ लेख्ने अधिकार नभएको उनको भनाइ छ ।

,

0 comments

Write Down Your Responses