१३ वर्ष कान्छीसँग विवाह गर्दै 'बाहुबली' अभिनेता प्रभाष

 बाहुबली–द बिगिनिङ’ बाट चर्चामा आएका टलिउड नायक ‘प्रभाष राजु उप्पलापति’ वैवाहिक बन्धनमा बाँधिने भएका छन् । फिल्मबाट लाखौं युवतीको मन जितेका उनले मागी विवाह गर्न लागेका हुन्।
बताइएअनुसार ३५ वर्षिय प्रभाषका लागि उनका परिवारले १३ वर्ष कान्छी बधु चुनेका छन् । आन्ध्र प्रदेशकी भिमावरन भन्ने ठाउँमा जन्मेकी युवती इन्जिनियरिङकी विद्यार्थी हुन् र फिल्म क्षेत्रसँग उनको कुनै सम्बन्ध छैन्  ।

प्रभाषको बिहे पहिले नै तय भइसकेको थियो तर, बाहुबलीको सुटिङका कारण स्थगन गरिएको थियो । बिहे यसै वर्षको अन्त्यमा हुने जनाइएको छ ।
हैदरवादको फिल्मी नगरमा जन्मिएका प्रभाष बिगत १३ वर्षदेखि फिल्म क्षेत्रमा छन् । उनले दक्षिण भारतका करिब दुई दर्जन फिल्ममा अभिनय गरेपनि भारतकै सबैभन्दा महँगो फिल्म खेलेपछि उनी अझै बढी चर्चित बनेका छन् । बाहुबलीको पहिलो सिक्वेलले चर्चा र पैसा दुवै बटुलेपछि यसको दोस्रो सिक्वेल सेप्टेम्बर १५ बाट फ्लोरमा जानेछ ।

,

0 comments

Write Down Your Responses