भारतीय सेनाले आफ्नै साथीलाई गोली हान्दा २ जनाको ज्यान गयो

२० साउन, श्रीनगर (भारत प्रशासित काश्मिर) ।

भारत प्रशासित काश्मिरमा सङ्कास्पद हतियारधारी ठानेर सेनाले गोली चलाउदा अर्को सैनिक समूहका दुई सैनिक मारिएका छन् ।

सो गोली काण्डमा परी दवैतर्फका चारजना सैनिक घाइते भएका पनि समाचारमा जनाइएको छ । यसलाई काश्मिरस्थित भारतीय सैनिकले भुलबस हुन पुगेको घटनाका रुपमा लिएको छ ।


बुधबार काश्मिरस्थित सेनाले दिएको जानकारीअनुसार सो गोलीकाण्ड मङ्गलबार राति हुन पुगेको छ । उक्त दुर्घटना काश्मिरको पुलवामा जिल्लामा भएको अधिकारीले जनाएका छन् ।

पुलवामा जिल्लाको नुरपुरा नगरमा भएको सो दुर्घटनाको भारतीय सैनिकले पुष्टि गरेको र अनुसन्धान सुरु गरेको जनाएको छ । रातिको समयमा ड्युटीमा रहेका दुई सैनिक समूहमध्ये एकले अर्कोमाथि गोली चलाएको थियो ।

प्रहरीकाअनुसार सैनिकको एक समूहले विद्युतीय धराप थापेको र सोही बाटो भएर आएको अर्को समूहका ड्युटीका सैनिकलाई सङ्कास्पद हतियारधारी ठानेर गोली चलाउदा सो दुर्घटना भएको हो ।

प्रहरीले दुवैतर्फका सैनिकले नै एक अर्काे समूहमाथि गोली चलाएका थिए । सो गोली लागेर उक्त समूहमा रहेका चार जना घाइते पनि भएका छन् । रासस÷सिन्ह्वा

0 comments

Write Down Your Responses