नेपालको संसदीय इतिहासमा अहिलेसम्मकै सर्वाधिक घीनलाग्दो घटना (फोटोफिचर)

 माघ, काठमाडौँ ।


विश्वमै नैपालको शिर निहुरिने गरी एमाओवादी तथा मधेसवादी सभासदहरुले संविधानसभा बैठकमा तोडफोड गरेका छन् ।
उनीहरुले मर्यादापालकहरुलाई कुटपिट गर्नुका सार्थ सभ्य समाजमा उच्चारण नै गर्न नसकिने अश्लील शब्द बोलेर सबैलाई लज्जित तुल्याएका छ्न ।


राति साढे १२ बजे सुरु भएको बैठकमा एमाओवादीका डा. बाबुराम भट्टराईले संवाद समितिको सभापतिको हैसियतले करिब एक घन्टा भाषण गरेका थिए । डा. भटट्राईको भाषण अरुबेलाको जस्तो सालिन थिएन, उनले उत्तेजक र आक्रोशपूर्ण शैलीमा भाषण गरेका थिए ।



उनको भाषण लगत्तै संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रस्ताव समिति बनाउने घोषण गरे । नेम्वाङको घोषणा लगत्तै विपक्षी गठवन्धनका सभासद्हरु आआफ्नो सिटबाट उठेर वेल (सभासद्हरु र अध्यक्षको आसनको बीचको खाली भाग) मा आएका थिए । उनीहरुले केही बेर होहल्ला गरेपछि अध्यक्ष नेम्वाङले बैठक स्थगित गरेको घोषणा गरे ।

त्यसपछि एमाओवादी सहित विपक्षी गठवन्धनका सभासद्हरुले मर्यादापालकहरुलाई आक्रमण गर्न सुरु गरे । उनीहरुले अध्यक्षतिर जुत्ता खोलेर फालेका थिए ।

छेकबार लगाएर बसेका मर्यादापालकहरुलाई उनीहरुले निर्धातसँग चुटे । एमाओवादीका जिम्मेवार भनेर कहलिएका सभासद्हरुले समेत मर्यादा पालकहरुलाई कुटेका थिए । सार्वजनिक लेखा समितिका सभापति समेत रहेका जनार्दन शर्मा प्रभाकरले पनि मर्यादापालकहरुलाई कुटेका थिए ।

कतिपय सभासदले माइक तोडेका थिए भने कतिपयले कुर्सी उठाएर जथाभावी फालेका थिए । उनीहरुले रणभूमि झैं बनाए संविधान बैठकलाई ।

कतिपय सभासद् कुर्सीमाथि टेकेर वरपर कुदिरहेका थिए । यो सबै ताण्डव हुँदा पूर्व प्रधानमन्त्री तथा एमाओवादी नेताद्धय पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई उत्तेजित भएर कराईरहेका थिए ।

नेपालको संसदीय इतिहासमा अहिलेसम्मकै सर्वाधिक घीनलाग्दो घटना संविधानसभामा भएको छ ।

सभासद्हरुले कुटेर मर्यादापलक विष्णु केसीको हात भाचिदिएका छन् भने चरित्र तिवारीको टाउको फुटाइदिएका छन् । अन्य केही मर्यादापालक पनि घाइते भएका छन् ।

विपक्षी गठवन्धनका सभासद्हरुले हलबाहिर आएर पनि अश्लील शब्द बोल्दै तोडफोड गरेका छन् । उनीहरुले संविधानसभा प्राङगणमा आएर संविधानसभा अध्यक्ष नेम्वाङलाई गाली गर्दै नारा लगाएर राजिनामा मागेका छन् । प्राङगणमा आएर पनि उनले धेरै बेर नारा लगाएका थिए ।

कांग्रेस एमालेका कतिपय सभासद्हरुका अनुसार विपक्षी गठवन्धनका सभासद्हरुले कांग्रेस एमालेका नेताहरुलाई अपशब्द प्रयाे गर्दै गाली समेत गरेका छन् ।

0 comments

Write Down Your Responses