काठमाडौं । हिंसामा परेका महिलाले न्याय पाउनका लागि अंगभंग नै हुनुपर्ने वा मृत्युको मुखमा पुगेरै फर्कनु पर्ने हो ? नेपाल सरकारका उपसचिव नारायण सापकोटाले आफूभन्दा आधा कम उमेरकी किशोरीसँगको हिमचिमलाई दीर्घकालीन बनाउन छोरासहितकी श्रीमतीको बिचल्ली बनाए । किशोर अवस्थामै सयौं छिमेकीलाई जन्त लगेर बिहे गरेकी श्रीमतीलाई करोडौं कमाई गरेपछि यता न उताको बनाएर छाडिदिएका हुन् ।
बाग्लुङ पुख्र्यौली घर भएका नारायण सरकारी जागिरमा सानो पदमा होउञ्जेल र मनग्गे पैसा नकमाउञ्जेल श्रीमतीसँगै रमाए तर जब अधिकृत बने र पर्वत जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी बने अनि बाहिरतिरै सुन्दर चेहराकी किशोरीतिर मन लगाए । पर्वतकै गिरी थरकी माध्यमिक शिक्षा अध्ययनरत एक किशोरीलाई निकट बनाए । यसपछि नै हो सुन्दर घरपरिवारमा धमिरा लाग्न सुरु गरेको ।
श्रीमतीले सबै क्रियाकलाप थाहा पाइन् । सुरुमा सम्झाइन् र भनिन्, ‘जे भयो भयो, अबदेखि आफैंलाई सुधारेर जीवन चलाऔं ।’ तर बीस वर्ष पनि नपुगेकी युवतीसँग लागेका नारायणले श्रीमतीको कुरालाई बाल मतलब दिएनन् । उल्टै अनेक हैरानी दिन थाले । अब यो मानिस सुध्रँदैन भन्ने भएपछि बाग्लुङबाट सरेर बस्दै आएको कास्कीको प्रहरी र अदालतमा उजुरी लिएर गइन् । छानबिन क्रममा नारायण २१ दिन हिरासतमा बसे ।
५० हजार धरौटीमा जिल्ला अदालतका तत्कालीन न्यायाधीश हेमराज पन्तको आदेशमा रिहा भए । हेमराजले नै नारायणका पक्षमा फैसला गरी उनी कुनै युवतीसँग नबरालिएका र घरकै श्रीमतीप्रति निष्ठावान् रहेको सफाइ सुनाए । तर १५ वर्षभन्दा बढीदेखि एउटै भान्छा र ओछ्यानमा बिताएकी उनले श्रीमानका बारेमा आएको यो फैसला स्वीकार्न सकिनन् र पुनरावेदन अदालत गइन् । पुनरावेदनले जिल्लाको फैसला उल्टाएर उनी बाहिरकी युवतीसँग बरालिएको र घरपरिवारलाई धोका दिएको फैसला सुनायो ।
राजपत्र अनंकित जागिरे होउञ्जेल श्रीमती र छोराप्रति इमान्दार हुने सरकारी अधिकारी नारायणले अधिकृत भएपछि बाहिरकी युवतीसँग सम्बन्ध बढाए र उपसचिव भएपछि उनलाई नै अंगिकार गरे । अधिकृत भएपछि सुरु भएको खटपट उपसचिव हुनै लाग्दा टुंगियो । उपसचिव हुनासाथ कास्की करमा प्रमुख भए । त्यसपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बसे । त्यहाँबाट कृष्णनगर भन्सार कार्यालय प्रमुख बने । यी कार्यालयमा बसेर करोडौं आम्दानी गरेका छन् ।
कर र भन्सारमा कमाएको अकुत सम्पत्तीमध्ये ४५ लाख रुपैयाँ अदालतको फैसलाबमोजिम जेठी श्रीमतीलाई दिएर ४४÷४५ वर्षका उनी आधा भन्दा कम उमेरकी अन्तरजातीय युवतीसँग छन् । वैंशालु समय नारायणसँग बिताएकी जेठी श्रीमती भने साथ चाहिने बेला उनीबाट अवहेलित भई बसेकी छन् ।
कान्छीको मायाजालले सिडियोसाप परे २१ दिने हिरासतमा
.jpg)

0 comments
Write Down Your Responses