५९ बर्षिया नायिकाको जवानी अझै उस्तै

Apr 24, 2015

लियु जिआवोयीङ सन् १९५५ अक्टोबर ३० मा चीनको फुलिङ जिल्लामा भएको थियो। ५ फिट ३ इन्च अग्लीनायिका तथा व्यवसायी लियुको उमेर ५९ बर्ष भइसकेको छ। तर हेर्दा भर्खरै २५-३० कि देखिन्छिन्। चीनको १९८० दशकको चर्चित नायिका हुन लियु।




३० वर्ष हुनु अगावै केही चर्चित फिल्महरुमा अभिनय गरेकी थिइन उनले। जसमध्ये ‘द ग्रेट वाल अफ साउथ चाइना सि (१९७६)’ ‘ह्वाट अ फ्यामेली (१९७९)’ र ‘द लिटिल फ्लावर (१९८०)’ फिल्महरु पर्दछन्।

‘हनड्रेड फ्लावर्स अवार्ड‘ जुन चीनको सबैभन्दा ठुलो अवार्ड हो, लियुले ‘नायिका’ विधामा सबैभन्दा बढी अवार्ड जितेको रेकर्ड नै राखेकी छिन्।

उनले अभिनय गरेका फिल्महरु मध्ये, ‘अ वाइल्ड फिल्ड (१९८६)’, ‘छुनताओ (१९८७)’, ‘हिबिस्कस टाउन (१९८४)’ मा ‘हनड्रेड फ्लावर्स अवार्ड‘ पाएकी थिइन उत्कृष्ट नायिकाको विधामा। त्यस्तै ‘ह्वाट अ फ्यामेली (१९७९)’ फिल्बाट पनि ‘बेस्ट सपोर्टीङ नायिका’को विधामा ‘हनड्रेड फ्लावर्स अवार्ड’ जितेकी थिइन।

हेर्नुहोस् यीनै ५९ वर्षिया नायिकाको केही तस्बिरहरु जसमा उनी भर्खरैको जस्तो देखिन्छिन्, के खान्छिन् होला यी नायिका?

0 comments

Write Down Your Responses