प्रचण्डलाई अज्ञात स्थानबाट फोन आएपछि सहमति भाँडियोः पोखरेल
काभ्रे, माघ– एमाले महासचिव ईश्वर पोखरेलले संविधानसभाबाट संविधान जारी हुन नसक्नुमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जिम्मेवार रहेको आरोप लगाएका छन् ।
पार्टी सम्वद्ध युवासंघको कार्यक्रमलाई शनिबार यहाँ सम्बोधन गर्दै उनले संविधानका विवादित विषयमा जुटिसकेको सहमति प्रचण्डकै कारण भाँडिएको बताए । विवाद सहमतिनजिक पुगिसेकका बेला अज्ञात स्थानबाट एक कल फोन आएपछि प्रचण्डले वार्ता भाँडेको आरोप उनको छ ।
टेलिफोन आउनुअघि सहमतिका लागि तयार भएका प्रचण्डले त्यसपछि बोली फेरेको दाबी पोखरेलको छ । यद्यपि फोन कताबाट आएको भन्नेबारे उनले खुलाएनन् ।
महासचिव पोखरेलले एमाओवादी र मधेसवादी दलको अवरोधकैबीच आइतबारबाट बहुमतीय प्रक्रियाबाट संविधान निर्माणको बाटो खुल्ने दाबी गरे ।
पोखरेलले प्रक्रियाबाट संविधान जारी गर्न राजी नभएसम्म एमाओवादी र उसको मोर्चामा आवद्ध दलसँग वार्ता हुन नसक्ने प्रष्टयाए ।
0 comments
Write Down Your Responses