शनिबार, माघ १०,
एकीकृत नेकपा माओवादीका सभासदहरुले संविधान सभाको आइतबार बस्ने बैठकमा सभाध्यक्ष सुवास नेम्वाङलाई जुत्ता हान्ने रणनीति बनाएका छन् । कांग्रेस एमालेले पेश गर्न लागेको प्रस्ताव सभाध्यक्षमार्फत आउन लागेको भन्दै एमाओवादी सभासदहरुले जुत्ता हान्ने रणनीति बनाएको स्रोतले जनाएको छ ।
शुक्रबार कुनै पनि हालतमा प्रस्ताव पेस नगर्न र आइतबारसम्मको समय लिइदिन अध्यक्ष सुवास नेम्वाङलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतले भेटेर अनुरोध गरेका थिए । त्यसपछि अध्यक्ष नेम्वाङले ‘सत्तापक्षलाई मनाउन गाह्रो छ, तै पनि कोसिस गर्छु’ भनेका थिए ।
विपक्षीको अप्ठेरो बुझ्दै नेम्वाङले चिनकाजी श्रेष्ठलाई पढ्न दिनुका साटो आफैँ पढिदिएर सजिलो पारिदिने प्रस्ताव गरेका थिए । गच्छदारले तुरुन्तै ‘ठीक कुरा हो’ भनेका थिए भने दाहालले पनि ‘ठीकै छ’ भनेका थिए ।
तर एमाओवादी मोर्चाले शनिबार एकाएक कुरा फेर्यो र सभामुखले पढ्ने प्रस्ताव पनि कांग्रेस एमालेकै हुने भन्दै प्रस्ताव पेश गर्नै नदिने निर्णय गर्यो । सभामुखले प्रस्ताव पेश गरे जुत्ता हान्ने सम्मको रणनीति बनाएको बैठकमा सहभागी एक नेताले बताए ।
पत्रकारहरुसंग सिंहदरबारमा शनिबार कुरागर्दै प्रचण्डले पेलेर जान खोजे यसअघिको भन्दा चर्को प्रतिकार गर्ने बताएका थिए । एक सभासदले नेपालपाटी डट कमलाई दिएको जानकारी अनुसार प्रचण्डले जुत्ता हान्नेदेखि मुक्का सम्म संकेत गरेका हुन ।
संविधानसभा नियमावलीको दफा ९१ मा अध्यक्षले सभाको अनुमति लिएर समिति गठन गर्न सक्नेछ भन्ने व्यवस्था छ । यसअघि सम्वाद समिति स्वयम् अध्यक्ष नेम्वाङले यसरी नै गठन गरेका थिए ।
सभाध्यक्षलाई आइतबार जुत्ता हान्ने एमाओवादी रणनीति
0 comments
Write Down Your Responses