सन् २०१५ मा राजनीतिक भूकम्प निम्त्याउने वर्षको रुपमा सावित
एजेन्सी ।
सन् २०१५ युरोपमा राजनीतिक भुकम्प निम्त्याउने वर्षको रुपमा सावित हुने बताइएको छ । ब्रिटेनको समाचार संस्था बीबीसी डेमोक्रेसीको लागि इकोनोमिक इन्टेलिजेन्स यूनिट (ईआइयू) ले गरेको एक शोधमा यो तत्थ्य खुलेको हो ।
अध्ययन अनुसार केही जनवादी पार्टीहरु चुनावी जीत हासिल गर्न सक्नेछन् । पुराना मूलधारका पार्टीसंग त्यस्तो गठबन्धन हुन सक्छ जसको बारेमा कसैले कल्पना समेत गरेका छैनन् ।
ईआइयूका अनुसार यूरोपमा लोकतन्त्रको संकटका कारण पूजीँपति र आम मतदाताबीच दूरी बढेको छ । जसका कारण यूरोपीय राजनीति खोक्रो बन्दै गएको छ । खोक्रो बनिसेको राजनीतिलाई पूर्नजीवन दिन नयाँ विचार जरुरी रहेको समेत ईआइयूले औंल्याएको छ ।
चुनावमा मतदाताको न्यून सहभागिता र राष्ट्रिय दलहरुको सदस्यता त्याग यस संकटको मूख्य लक्षण मानिएको छ ।
सन् २०१५ मा आधुनिक ब्रिटेनी संसद स्थापनाको ७ सय ५० वर्ष पुरा हुँदैछ ।
ब्रिटेन अस्थिरता
ब्रिटेनमा आउँदो मे महिनामा आम चुनाप हुँदैछ । ईआइयूले जनाए अनुसार ब्रिटेनमा कुनै एक दलले बहुमत पाउन सम्भावना छैन । देश राजनीतिक अस्थिरताको शिकार बन्न सक्छ ।
जनवादी पार्टीहरु मिलेर निर्वाचन परिणाम ल्याउने सफलताको पहिलो परिक्षा ग्रीसमा हुनेछ । ग्रीसमा समय अगावै २५ जनवरीमा चुनाव हुदैँछ । एक जनमत सर्भेक्षण अनुसार उग्रवामपन्थी र जनवादी पार्टी सायरिजा सवैभन्दा ठूलो पार्टीको रुपमा उभिन सक्छ ।
ईआइयूका अनुसार उक्त पार्टी सरकार बनाउन सफल भए यूरोपीय संघको संसदमा पुग्नेछ । जो अर्को क्षेत्रका लागि राजनीतिक उथल–पुथलको कारण बन्न सक्छ ।
0 comments
Write Down Your Responses