भोलिदेखि नेसनल ट्रेडिङमा सबै ग्यास पाइने
२०७१ माघ १०
१० माघ, काठमाडौ । ग्यासको चरम अभाव भएका बेला सरकार र निजी क्षेत्रको पहलमा तीन दिन सम्म नेसनल ट्रेडिङको जग्गामा स्टल राखेर ग्यास बिक्री गरिने भएको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्रालय, ग्यास बिक्रेता महासंघ, नेपाल आयल निगम र उद्योगीले शुक्रवार गरेको निर्णय अनुसार आइताबारबाट विहान ११ बजेदेखि ५ बजेसम्म नेसनल ट्रेडिङको जग्गामा स्टल राखेर ग्यास बिक्री गर्न लागिएको नागरिक दैनिकमा खबर छ ।
मन्त्रालय कसरी अहिले भएको ग्यास अभाव हटाउने भन्नेमा निरन्तर लागिरहेको छ । त्यसैअनुरुप नेसनल टे्रडिङको जग्गामा तीन दिनसम्म ग्यास बिक्री गर्न लागेको निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले बताए ।
ग्यास अभावले उपभोक्ता मारमा परेपछि वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले आपूर्ति ब्यवस्था सहज बनाउन यो संयन्त्र मार्फत बिक्री गर्न निर्देशन दिएका थिए ।
उपभोक्ताले एक हजार चार सय ७० रुपैयाँमा ग्यास पाउँछन् भने उद्योगीले नेसनल टे्रडिङलाई एक हजार चार सय ३९ रुपैयाँमा बिक्री गर्छन् ।
0 comments
Write Down Your Responses