दुलाहा ढलेपछि दुलहीले रोजिन बिहे भोजमा आएका पाहुना

एजेन्सी – एक जना भारतीय युवतीले आफ्नो विवाहको अवसरमा भावि पति छारेरोगका कारण अचानक बेहोस भएपछि सो विवाहभोजमा सरिक एक पाहुनासँग विवाह बन्धनमा बाँधिएकी छिन् ।
जुगल किशोर नामक ती दुलाहाले आफूले विवाह गर्न लागेकी इन्दिरा नामक युवती र तिनका परिवारलाई आफ्नो रोगबारे 

पूर्वजानकारी नदिएको बताएको छ । विवाह स्थलबाटै भावी 

पतिलाई अस्पताल लगिएपछि आक्रोसित इन्दिराले अर्कै 

पुरुषसँग विवाह गर्ने निर्णय गरेकी थिइन् ।




उनले अतिथिको रुपमा त्यहाँ उपस्थित आफ्नो भाउजुको भाइको परिवारका एक सदस्यलाई आफूसँग विवाह गर्न प्रस्ताव 

राखेकी थिइन् । उत्तरी भारतीय राज्य उत्तर प्रदेशको रामपुर शहरमा भएको यस घटनामा ती पुरुषले पनि तत्कालै उनको 

प्रस्ताव स्वीकारेका थिए । आजको नेपाल समाचारपत्रमा खबर छ ।

0 comments

Write Down Your Responses