सञ्जय दत्त सजाय तोकिएको समय सकिएपछि पनि जेलमा बस्ने

एजेन्सी ।


हाल जेलमा रहेका बलिउड अभिनेता सञ्जय दत्त जेल सजाय भुक्तान गरेपछि पनि ४ दिन सम्म जेलमै बस्ने


भएका छन् । सञ्जय दत्तको जेल सजायको अवधीबारे स्पष्टता आवश्यक रहेको भन्दै अधिकारीहरुले  उनी ४ दिन थप जेलमा रहनु पर्ने बताएका हुन् ।



सञ्जय दत्त जेलबाट विदा पाएर बसेको समयमा समयसीमा मिचेका कारण उनी बढी जेल बस्नु पर्ने भएको बताइएको छ ।

सन् १९९३ को मुम्बइ बम काण्डमा दोषी ठहर भएपछि सञ्जय दत्त सन् २०१३ को १६ मे देखि जेलमा छन् ।

सञ्जय दत्तले अवैध हतियार राखेको पुष्ट भएपछि उनी जेल परेका थिए ।

0 comments

Write Down Your Responses