मोदीको पार्टीले निकाल्यो नेपाल बारेको बिज्ञप्ति ( विज्ञप्ति सहित )
७ फागुन, काठमाडौं ।
भारतीय जनता पार्टीले पार्टी उपाध्यक्ष रेणु देवीले नेपालमा दिएको अभिब्यक्ति ब्यक्तिगत भएको भन्दै पार्टीको धारणा नभएको स्पष्ट पारेको छ । नेपालस्थित भारतीय दुताबासले देवीको अभिब्यक्ति ब्यक्तिगत भएको भन्दै विज्ञप्ति निकालेको १ दिन पछि भाजपाका केन्द्रीय महासचिव राम माधवले पनि एक विज्ञप्ति जारी गर्दै सो अभिब्यक्ति पार्टीको धारणा नभएको स्पष्टोक्ति दिएका हुन् ।
राम माधवले हस्ताक्षर गरेको विज्ञप्तिमा रेणु देवीको अभिब्यक्ति उनको ब्यक्तिगत भएको र सो अभिब्यक्तिले भाजपाको नेपाल नीति प्रतिनिधित्व नगर्ने उल्लेख छ ।
हेर्नुस् विज्ञप्तिः
रेणु देवीले आफूहरु हिन्दु राज्यको पक्षमा रहेको र नेपाल सँधै हिन्दु राष्ट्र रहने एवं जातीय संघीयता हुन नहुने बताएपछि नेपालमा त्यसको ब्यापक आलोचना भएको थियो । कतिपयले त्यसलाई प्रधानमन्त्री नरेन्द्र मोदीको भित्री चाहानाको अभिब्यक्तिकोरुपमा समेत विश्लेषण गरेका थिए ।
चौतर्फी आलोचना पछि रेणु देवीको बोली ब्यक्तिगतमात्र भएको भन्दै भारतीय दुताबास तथा भाजपाले विज्ञप्ति निकालेका हुन् ।
0 comments
Write Down Your Responses