साउदीबाट नेपाली युवाको कारुणिक पिडा : म मरभूमिमै मर्ने भएँ, घर झिकाइदेउ....

म पैसा कमाउन भनेर चारमहिना अगाडी साउदी अरब
आएको हुँ । यहाँ आएको तीन चार दिनमै
स्वास्थ्यमा समस्या देखियो । मेरो पिसावबाट रगत
बग्ने समस्या छ । धेरैपटक अस्पतालमा गएर उपचार
गराउँदा पनि ठिक भएन । म एकदम कमजोर भएको छु ।
बिरामी परेर काम गर्न नसक्ने भएपछि म घर फर्किन्छु
भन्दा कम्पनीले १२ हजार रियाल तिरेर जा भन्छ ।
नेपालमा मेनपावरलाई फोन गर्दा एजेण्टलाई गर भन्छ ।
एजेण्टलाई फोन गर्दा उसले राम्रोसँग कुरा नै गर्दैन ।


फोन नै उठाउँदैन । काम गर्न नसकेपछि म नेपाल फर्किन
खोजेको हुँ । काम गरेर कमाउन भनेर आएको मान्छे म
त्यसै रहरले फर्किन खोजेको त होइन । तर कम्पनी,
मेनपावर, एजेण्ट सवै मैले रहरले नेपाल फर्किन
खोजेको जस्तै व्यवहार गर्छन् । म ६० हजार तिरेर
आएको हुँ । तर यहाँ आएपछि थाहा भयो भिसा र
टिकट फ्रि रहेछ । अहिले म साह्रै
अप्ठ्यारोमा परेको छु तर वास्तै गर्दैन । म साउण्ड
लाइन मेनपावर कम्पनी मार्फत आएको हुँ । म
आएको कम्पनीको नाम एक्सप्रेस फुड अलवाक
कम्पनी हो । म अहिले काम गर्नै नसक्ने अवस्थामा छु ।
तर कम्पनीले तँ काम गर्न सक्छस् । त्यसैले अवको एक
हप्ता भित्रमा काम गर्न थालिनस् भनें तलाई
प्रहरी लगाएर पक्राएर थुनाउँछु भन्ने
धम्की दिइरहेको छ । म राम्रोसँग हिंड्न समेत नसक्ने
अवस्थामा छु, कसरी काम गर्न सक्छु र ?
यहाँ आएको तीन महिनासम्ममा मैले १० दिन
पनि राम्रोसँग काम गर्न सकिन । कम्पनीले एकपटक
तलव दियो, त्यसपछि खाली हात छु । त्यसैले अहिले
मसँग खाना खाने पैसा समेत छैन । साथिहरुले
खुवाइरहेका छन् अहिले सम्म त । साथिले पनि सधैं
सहयोग गर्न सक्ने अवस्था त हुन्न । म काम गर्न
पनि नसक्ने, नेपाल फर्किन पनि नपाउने
अवस्था भयो । म यसै मर्ने भएँ । मलाई
जसरी पनि नेपाल झिकाइदिनुहोस् ।
समस्यामा परेपछि म एक पटक सहयोग माग्न
नेपाली दुतावास पनि गएँ । त्यहाँबाट मेनपावर
कम्पनीमा फोन पनि गर्नुभएको थियो । त्यसरी म
दुतावास गएको कुरा मेनपावरले कम्पनीमा खवर गरेछ ।
त्यसपछि कम्पनीले मलाई काममा नगए प्रहरी लगाउने
धम्की दिन थाल्यो । मलाई
जसरी पनि यो खाडलबाट निकालि दिनुहोस् । म
गरिवको छोरो यो म

0 comments

Write Down Your Responses