आठ वर्षकै उमेरमा सौगातको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता

काठमाडौं । सानै उमेरमा फिल्म निर्देशन गरेका नेपालका सौगात विष्ट विश्वकै कान्छा निर्देशक बनेका छन् ।
आठ वर्षकै उमेरमा ‘लभ यु बाबा’ फिल्म निर्देशन गरेका सौगातलाई गिनिज बुक अफ वल्ड रेकर्डले विश्वकै कान्छा फिल्म निर्देशकको मान्यता दिँदै ‘योङगेस्ट फिल्म डाईरेक्टर’ को उपाधि दिएको हो ।


गिनिज बुक अफ वल्र्ड रेकर्डको बेवसाईटमा सौगात विष्ट व्यावसायिक रुपमा फिचर फिल्म निर्देशन गर्ने विश्वकै कान्छो निर्देशक भएको उल्लेख गरिएको छ ।

वेबसाईटमा भनिएको छ, ‘६ जनवरी २००७ मा जन्मेका उनले निर्देशन गरेको फिल्म लभ यू बाबा उनी ७ वर्ष ३४० दिनको हुँदा १२ डिसेम्बर २०१४ मा रिलिज भएको हो ।’
उनले यसअघि भारतीय कान्छा निर्देशक किसन श्रीकान्तले सन् २००६ मा ‘फुटपाथ’ फिल्म निर्देशन गरेर बनाएको विश्व कीर्तिमान भंग गरेका छन् ।
लभ यु बाबामा उनका बाबु गजित बिष्ट, निश्मा घिमिरे, अशिष्मा नकर्मी, वसन्त भट्ट र निर्मल शर्मा लगायतले अभिनय गरेका छन् ।
फिल्ममा बाबु गजितको कथावस्तु, गम्भीर विष्टको पटकथा र चन्द्र पन्तको द्वन्द्व रहेको फिल्ममा अनु शाह र सुब्रत आचार्य विशेष भूमिकामा छन् ।

0 comments

Write Down Your Responses