बाबुरामको कथन : नेपालमा सबैभन्दा छुद्र मानिस को हो भनेर बालबालिकालाई सोधे केपी ओली भन्छन्

गोरखा । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीको मानसिक सन्तुलन ठीक नभएको अभिव्यक्ति फेरि दोहो¥याएका छन् ।


कांग्रेस एमालेविरुद्ध आन्दोलनको आँधीबेरी ल्याउने उद्घोष गर्दै पश्चिम नेपालको यात्रा तय गरेका भट्टराई बिहीबार गोरखा पुगेका छन् । गोरखामा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले  ओलीको मानसिक अवस्था ठीक नभएको आरोप लगाउँदै स्वास्थ्य लाभको कामना पनि गरे ।

प्रचण्डको मोर्चाले अध्यक्ष ओलीको मानसिक अवस्था ठीक नभएकाले उपचार गराउन सरकारसँग माग गर्ने निर्णय गरेलगत्तै गोरखामा भट्टराईले ओलीको मानसिक स्वास्थ्य ठीक नभएको बताएका छन् । ‘नेपालमा सबैभन्दा छुद्र मानिस को हो भनेर बालबालिकालाई सोधे केपी ओली भन्छन्,’ भट्टराइले पत्रकार सम्मेलनमा भने,  ‘यस्ता व्यक्तिबारे धेरै टिप्पणी गर्दिनँ ।’

0 comments

Write Down Your Responses