फेसबुकमा लभ परेर होटलमा भेट्न बोलाएको युवती आफ्नै बुहारी !

March 22, 2015
एजेन्सी । प्रविधिले मानिसको काम काजमा सहयोग पुग्द छ भने त्यहि प्रविधिले मानिसलाई कहिले काहि समस्यमा समेत पर्ने गरेको छ ।
पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगकर्ताहरु बढेसँगै यसको सकारात्मक तथा नकारात्मक प्रभाव पर्ने गरेको छ ।
सामाजिक सञ्जाल मार्फन नयाँ साथी बनाउने तथा गफ गाफ हुने सामान्य बिषय भइसक्यो पछिल्लो समय । सामाजिक सञ्जाल फेसबुकमा नया परिचयबाट गफ गर्ने लत वसेकाहरु भेट्न जादा भने ससुरा बुहारी परेका छन् ।

घटना चीनको हो । अनलाइनमा साथी बनेर भेट्न जादा ससुरा बुहारी परेपछि दुबै जना लाजले पानी पानी हुनु मात्रै परेर बाबुले छोराको कुटाईसमेत खानुपरेको छ ।
चीनको हेलोगजियांग प्रन्तमा भएको यो घटनामा ससुरा र बुहारी दुबैले आफ्ना पती पत्निलाई झुक्काएर लुकी अन्तै च्याट गर्थे ।
दुबैबीच अनजानवस च्याटमा भेट र कुराकानी हुन पुग्यो । ५७ बर्षीया वांग अनलाइन साथी बनाउने र कुराकानी गर्ने लत बसेको थियो ।
वांग आङ्खनै बुहारीसग कुरा गर्दा आफू एउटा कम्पनीको निर्देशक भएको भनेर ढाटीरहेका थिए जव कि उनी अवकाश प्राप्त सरकारी कर्मचारी थिए ।
उनले आफ्नो श्रीमतीको मृत्यु भईसकेको र आफू एक्लै भएको ति महिलालाई बताउथें । बुहारी लिलीले पनि आफ्नो श्रीमान पाच बर्षदेखि जेलमा रहेको र आफू छोरोसग मात्रै बस्दै आएको बताउदै आएकी थिईन् ।
यति कुरा भईरहदा दुबैले आफ्नो परिचय लुकाएका थिए । राती भएपछि दुबैबीच च्याट्मा कुरा हुन्थ्यो । पछि दुबैले फोटो पठाउने तय भयो अनि दुबैले आफ्ना साथीका राम्रा फोटो फर्काईदिए । उनीहरु बिचको च्याटमा भेट गर्ने तथा यौन सम्वन्ध राख्ने सम्मका गफ भएका थिए ।
फोटो हेरिसकेपछि दुबैजनाले बेलुकी स्थानीय होटेलमा ६ बजे भेट्ने तय गरे । जुन दिन लिली र वांगबीच होटेलमा भेट्ने तय भयो त्यसैदिन लिलीको श्रीमान यात्राबाट घर पर्कीए र च्याटबारे जानकारी पाए । लिलीका श्रीमानले सोंचेकी दुबैलाई रंगेहात समात्नु परयो ।
लिली जब होटेलमा गएर कोठा ढकढकाईन् त्यसपछि ढोका खोल्दा आफ्नै ससुरा थिए भने पछि श्रीमान पनि पुगे ।
त्यही श्रीमती र बुवालाई लिलीका श्रीमानलाई कुटफिट गरे त्यहीबेला प्रहरी आयो । अहिले अनलाईन लफडामा फसेका सासु बुहारीलाई प्रहरीले सोधपुछ गरिरहेको छ ।
उनको छोराले प्रहरीमा धोका दिएको केस दर्ता गरेका छन् ।

0 comments

Write Down Your Responses