दुई विमान आकासमै ठोक्किएर दुर्घटना, पाइलटले हाम्फालेर ज्यान जोगाए
16 Mar 2015
सोमबार २ चैत्र, २०७१
एजेन्सी
दुई विमान आकासमै ठोक्किएर दुर्घटना, पाइलटले हाम्फालेर ज्यान जोगाए
मलेसिया -
मलेसियामा भइरहेको एक एयर सो अभ्यासका क्रममा आकासमै दुई जहाज ठोक्किएर दुर्घटना भएका छन्।
मलेसियाका सैनिक अधिकारीका अनुसार इन्डोनेसियन टोलीका दुई जहाजका पंखा आपसमा जुध्दा दुर्घटना भएको हो।
विमान अनियन्त्रित हुना साथ पाइलटले प्यारासुटको मद्दतले हाम्फालेर ज्यान जोगाएका छन्। घटनाबारे पूर्ण जानकारी दिइएको छैन। दुर्घटनामा कोही घाइते वा मृत्यु नभएको बताइएको छ। बिमान पृथ्वीमा खस्दा एक घर र कारमा आगो लागेको छ। घाइते भएका चार जना पाइलाटहरुलाई लङ्काबी स्थित एक अस्पतालमा भर्ना गरिएको छ। लंकावीमा भोलिदेखि सुरु हुने अन्तरार्ष्ट्रिय एयरोस्पेस प्रदर्शनीमा भाग लिने पाँचमध्ये इन्डोनेसियाको टोली पनि एक रहेको छ। सो प्रदर्शनीका लागि जहाजले अभ्यास गरिरहेका थिए।
0 comments
Write Down Your Responses