चितवनमा तनाव, प्रहरीले बल प्रयोग गर्यो
२ चैत, चितवन ।
पूर्वी चितवनको खैरहनीस्थित नेपाल आर्दश शिक्षा सदनमा अध्ययन गर्ने विद्यार्थी गौरव वस्नेतको मृत्युको विषयलाई लिएर आफन्तहरु आन्दोलित भएका छन् । आफन्तहरुले गौरवको हत्या विद्यालय प्रशासनले नै गरेको भन्दै प्रदर्शन गरेका छन् ।
प्रदसनको क्रममा प्रहरी र मृतक विद्यार्थीका आफन्तविच पटक पटक झडप भएको छ । भीड नियन्त्रण गर्न प्रहरीले चार सेल अश्रुग्यास प्रहार गरेको छ । स्कूलको होस्टेलमा वसेर अध्ययन गर्दै आएका १७ विर्षीय विद्यार्थी वस्नेतले झुण्डिएर आत्महत्या गरेको स्कूलले दावी गरेको छ ।
झुण्डिएको अवस्थामा भेटिएपछि उपचार गर्न लैजालै गर्दा वाटोमै मृत्यु भएको विद्यालयको दावी छ । तर मृतकका आफन्तले स्कूलमा शिक्षकको पिटाईवाट गौरवको मृत्यु भएको आरोप लगाउदै आएका छन् । मृतक विद्यार्थीको शव अस्पतालमा राखिएको छ ।
0 comments
Write Down Your Responses