जुम्लामा भयानक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो
चैत २, २०७१
जुम्ला
जुम्लाको रारालीमा यात्रु बस दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ भने १० जना गम्भीर घाइते भएका छन् ।
सोमबार बिहान जुम्लाबाट कालिकोट जाँदै गरेको ना.४ख ४९७० नम्बरको बस सडकबाट तिला नदीमा खसेको हो ।
मृतकमध्ये १३ जनाको घटनास्थलमै पाँचजनाको उपचारका क्रममा जुम्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
एक यात्रुको प्रहरीले सकुशल उद्धार गरेको जनाइएको छ ।
बसमा २९ जना यात्रु रहेको, दुर्घटनाको कारण खुल्न नसकेको र मृतकको सनाखत नभइसकेको प्रहरीको भनाइ छ ।
0 comments
Write Down Your Responses