महेश बस्नेतले जब प्रचण्डलाई राम, केपी ओलीलाई बाली भनि तुलना गरे…

काठमाण्डु, १२ फागुन– उद्योगमन्त्री महेश बस्नेतले एकीकृत माओवादीले आफ्नो पार्टी र सत्तारुढ गठबन्धनभित्र फुट ल्याउन खोजेको आरोप लगाएका छन् ।

युवा संघको आगामी चैत पहिलो साता हेटौंडामा हुने गर्न लागेको राष्ट्रिय युवा परिषद् बैठकबारे जानकारी दिन शुक्रबार राजधानीमा आयोजित गरेको पत्रकार सम्मेलनमा उनले वार्ताका नाममा माओवादीले काँग्रेस र एमालेभित्र खेलेको आरोप लगाए ।


वार्ताको मध्यस्थताका नाममा पार्टीभित्रकै केही नेता एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गोटी बनेको आरोप लगाए । उनको भनाइ नेता माधवकुमार नेपालतर्फ लक्षित थियो । भगवान रामले बलीलाई भाई सुग्रिमको हत्यामा प्रयोग गरेको प्रसंग कोट्याउँदै उनले एमाओवादीको स्वार्थका लागि कसैले काम गर्न नहुने बताए ।

‘एमाओवादीले वार्ता र सहमतिका नाममा काँग्रेस–एमालेभित्र खेल्न खोजेको छ’, बस्नेतले भने, ‘एमाओवादी रामले बलीलाई मार्न बलीका भाई सुग्रीबसँग मित लगाएजस्तो गर्दैछ ।’ बस्नेतले एमाओवादीले समस्या समाधानका लागि भन्दा काँग्रेस–एमाले गठबन्धन तोड्न वार्ताको कुरा अघि सारेको बस्नेतको आरोप थियो ।
महादेश भएर कालकुट विष पिएँ

बस्नेतले आफूले वाइसीएलको अराजक क्रियाकलाप र गुण्डागर्दी नियन्त्रण गर्न युथफोर्स गठन गरेको बताए । वाइसीएल तह लगाउन आफूले महादेव बनेर कालकुट विष पिएको दाबी उनको थियो । बस्नेतले वाइसीएल तह लगाउन युथफोर्स बनाएका कारण आफूमाथि पार्टीभित्रैबाट गुण नाइकेको आरोप लगाइएको गुनासो गरे । उनले गुण तह लगाउन आफूले बाध्य भएर गुण्डाको अभिनय गरेको दाबी गरे ।

0 comments

Write Down Your Responses