इन्टरनेटमा सर्वाधिक प्रभावशाली नेतामा बाराक ओबामापछि मोदी

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी इन्टरनेटको दुनियाँमा संसारका ३० सर्वाधिक प्रभावशाली व्यक्तित्वमध्ये परेका छन् ।

टाइम म्यागजिनले हालै प्रकाशित गरेको इन्टरनेटमा सर्वाधिक प्रभावशाली ३० व्यक्तिको सूचीअनुसार मोदी अमेरिकी राष्ट्रपति बाराक ओबामा पछिका प्रभावशाली नेता हुन् ।


 सूचीमा ह्यारी पोर्टर उपन्यासकी लेखिका जेके रोलिङ, गायिका टेलर स्विफ्ट, गायिका शाकिरा, गायक जस्टिन बायबर, गायिका बिओन्सेलगायत सामेल छन् ।

सामाजिक सञ्जाल फेसबुक, ट्विटर आदिमा गरेका क्रियाकलाप वा त्यस्तोमा सबैभन्दा बढी खोजिने वा पछ्याइने कार्यलाई विश्लेषण गरी यो सूची सार्वजनिक गरिएको जनाइएको छ । टाइमका अनुसार मोदीलाई झन्डै ३८ मिलियन मानिसले पछ्याउने गरेका छन् ।

टाइमले मोदीलाई सोसल साइटको उत्साही प्रयोगकर्ता भनेको छ । टाइमका अनुसार अमेरिकी राष्ट्रपति ओबामा सामाजिक सञ्जालमा सर्वाधिक मन पराइने विश्वनेता हुन् ।

यो सूचीमा अमेरिकाका १७ वर्षीय किशोर नास ग्रियर पनि छन् । उनलाई झन्डै ११ मिलियन मानिसले पछ्याएका छन् ।

0 comments

Write Down Your Responses