वैज्ञानिक भन्छन्ः दाह्री पाल्नु स्वास्थ्यका लागि घातक, हजारौँ ब्याक्टेरियाको गुँड

२०७१ चैत १ गते 

दाह्री जुँगा पाल्ने विषय धेरै पुरुषहरुको शोखको विषय हुन्छ । चट्ट पारेका दाह्री जुँगा पालेका ह्याण्डसम पुरुषहरु युवतीहरुको आकर्षणको केन्द्र बन्ने कतिपयको बुझाइ समेत छ । विश्वका ठूला ठूला तथा चर्चित व्यक्तिहरु र खासगरी वैज्ञानिक र कलाकारहरुले दाह्री पालेकै पाइन्छ । त्यसैले दाह्री पाल्नुलाई मानिसको ज्ञान तथा विकेक र प्रतिष्ठाको सूचकको रुपमा समेत लिइन्छ । तर वैज्ञानिकहरुका अनुसार दाह्रीको सम्बन्धमा विवेक, प्रतिष्ठा र ज्ञानसँग नभै घातक जिवाणुहरुसँग मात्र छ । उनीहरुका अनुसार दाह्रीजुँगा हजारौँ ब्याक्टेरियाको घर तथा संक्रमणको माध्यम बाहेक केही होइन ।

बेलायतको बर्मिंघम टेक्नोलोजी सेन्टरकी रौँ विज्ञ क्यारोल वाकरका अनुसार दाह्री पाल्नु रोग निम्त्याउनु हो । दाह्रीजुँगाका कारण विभिन्न खाले छालाको संक्रमण हुने र अरु मानिसमा समेत जिवाणु फैलिने जोखिम हुन्छ ।
दाह्रीजुँगामा हुने रौँ जिउका अन्य भागमा हुने रौँ भन्दा बढि खश्रो हुने भएकाले त्यहाँ बढि जिवाणु तथा फोहोर पदार्थहरु रहने गर्छन् । उनका अनुसार मुख र नाकको नजिकै रहेका रौँहरु ब्याक्टेरिया पाल्ने निकै राम्रो ठाउँको रुपमा रहन्छन् ।
धेरै मानिसको बानी आफ्ना दाह्रीजुँगा मुसारिरहने हुन्छ । यसरी दाह्रीजुँगामा हात लगाइरहने बानीका कारण दाह्रीका जिवाणुहरु हातमा सर्ने र त्यसपछि पुनः सरीरका अनय भागमा फैलिने सम्भावना हुन्छ । साथै हात फोहोर रहेको भए हातमा रहेका जिवाणुहरु दाह्रीमा सर्ने र दाह्री मार्फत मुख र नाक हुँदै सरीरभित्र प्रवेश गर्ने जोखिम समेत हुन्छ ।
दाह्रीजुँगामा सिगान तथा खानेकुरा र पेय पदार्थ समेत केही मात्रामा अडि्कने र त्यसपछि जिवाणुहरु पैदा भएर वृद्धि हुने सम्भावना रहने क्यारोल बताउँछिन् । उनका अनुसार दाह्रीजुँगा पाल्ने मानिसहरुमा स्ट्रेप्टोकोकी ब्याक्टेरियाको संक्रमण बढि पाइएको छ । साथै दाह्री पाल्ने मानिसहरुमा छालाको विभिन्न खाले संक्रमणको दर समेत बढि रहने गरेको उनको अनुभव छ ।
तर कतिपय विज्ञहरुले भने सरीरको अन्य भागको छालामा रहने जस्तै हानी नगर्ने खालका ब्याक्टेरियाहरु मात्र दाह्रीजुँगामा समेत रहने भएकाले दाह्रीजुँगा पाल्नु हानिकारक नहुने तर्क गरेको डेलीमेलले उल्लेख गरेको छ । विज्ञहरुका अनुसार हाम्रो सरीरको बाहिरी छालामा स्व्ास्थ्यलाई हानी नगर्ने २० हजार खाले ब्याक्टेरिया हुन्छन् ।

0 comments

Write Down Your Responses