अमिताभका लागि बन्यो होली खेल्न सुनको पिचकारी

एजेन्सी, २२ फागुन– युपीको मुरादाबाद जिल्लामा एक खास पिचकारी बनाइएको छ ।

 यो पिचकरी सुन र पित्तलबाट बनेको हो । सबैभन्दा प्रमुख कुरा त यो हो कि यो पिचकरी महानायक अमिताभ बच्चनका लागि बनाइएको हो । यस्तो शानदार पिचकरीबाट मुगलकालमा खुब होली खेलिन्थ्यो ।


 यो पिचकारी १२ जनाले ८ दिन लगाएर बनाएका हुन् । सबै कालिगढ चाहन्छन कि अमिताभ ‘रंग बरसे…’ गीत गाउँदै यही पिचकारीबाट होली खेलुन भन्ने ।


 पिचकारी बनाउने कालिगढका अनुसार यसको अडर अमिताभका पिए हरनित कौर पुरीले गरेका थिए । यस्तो पिचकारीका बारेमा अमिताभले इतिहासको किताबबाट जानकारी पाएका थिए । त्यहीबाट उनलाई यस पिचकारीमा रुची जागेको थियो ।

 पिचकारीको मूल्य ९ हजार ५ सय बताइएको छ । पछिल्लो केही समय बच्चन परिवारले होलीमा खासै रुची राखेको पाइँदैन । तर यस साल ‘जलसा’मा होलीको मस्ती लिँदै गरेको देखिएको छ । अमिताभले आफ्नोब्लगमा पनि यो कुरा विभिन्न भाषामा उल्लेख गरेका छन् ।

0 comments

Write Down Your Responses