दुर्घटनाग्रस्त विमान हटाउन भारतबाट वायुसेना विमान ल्याएको भन्दै वैद्य माओवादीको आपत्ति

March 6, 2015

काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले दुर्घटनाग्रस्त टकिर्स एयरलाइन्सको विमान हटाउन भारतीय वायुसेनाको विमान र सैनिक ल्याएकोमा गंभिर आपत्ति जनाएको छ ।


बुधबार दुर्घटना भएको टकिर्स एयरको विमान हटाउन प्राविधिकसहितको टोली लिएर बिहीबार भारतीय वायुसेनाको विमान आएको थियो । विमान हटाउन भारतीय वायुसेना ल्याउनु राष्ट्रिय स्वाधिनता प्रति हेलचक्राई भएको आरोप लगाएको हो ।

बाह्य सहयोगको हकमा गैरसैनिक उपाय खोजिनु पर्ने भन्दै माओवादी प्रवक्ता पम्फा भुसालदद्धारा जारी विज्ञप्तिमा भनिएको छ–‘यस विषययलाई बाहानाको रुपमा प्रयोग गर्दै एउटा छिमेकी राष्ट्रको वायुसेनाको विमान र सैनिहर उपस्थिति गराउनु राष्ट्रिय स्वाधिनताप्रति गम्भीर हेलचेक्राई भएकाले हामी यसको घोर भत्सना गर्दछौं ।’

धावनमार्ग अवरुद्ध भएको लामो समयसम्म पनि खुलाउन र हजारौ यात्रुलाई कष्टबाट बचाउन नसक्नुले सरकारको असक्षमता र जनविरोधी चरित्र उजागर भएको समेत विज्ञप्तिमा उल्लेख छ ।

0 comments

Write Down Your Responses