चीनले बढायो रक्षा बजेट, भारतको भन्दा तीन गुणा बढी

एजेन्सी : सामुद्रिक शक्ति बढाउने योजनाको थालनी गर्दै चीनले आफ्नो रक्षा बजेटमा १०.१ प्रतिशतले बढाएर करिब १४५ अर्ब अरब डलर पुर्याएको छ ।

चीनले यसरी सैन्य शक्ति बृद्दि गर्नुमा छिमेकी देशले सैन्य शक्तिमा गरेको लगानी, क्षेत्रीय महत्वाकांक्षाबीच छिमेकी देशहरुबीच बढिरहेको चिसोपनाका बीच उच्च प्रविधियुक्त हतियार विकास गर्नु रहेको छ ।


चीनको संसद नेशनल पिपुल्स कांग्रेसमा वार्षिक बजेट प्रस्तुत गर्दै  प्रधानमन्त्री ली क्विङ्गले रक्षा बजेट १०.१ प्रतिशत बढ़ाएर ८८८.६८९८ अर्ब युआन पुर्याएका छन् । चीनले बजाएको अहिलेको बजेटमा रक्षा खर्च १४५.६८ अर्ब डलर हुन आउँछ ।

चीनले आफ्नो रक्षा बजेटमा लगातार पाँच सालयता दोहोर अंकमा वृद्दि गरिरहेको छ । यो साल भारतको रक्षा बजेट ४० अर्ब डलर रहेको छ भने चीनको रक्षा बजेट १०० अर्ब डलरभन्दा माथि रहेको छ ।

चीनले रक्षा बजेटसँगै सार्वजनिक सुरक्षा बजेटमा पनि ४.४ प्रतिशत बढ़ाएर १५४.१९२ अर्ब युआन (२५.१५ अर्ब डलर) पुर्याएको छ ।

चिनियाँ र भारतीय सैनिक

चीनले अघिल्लो सालको १३२ अर्ब डलरको तुलनामा यो सालको बजेटमा १२ अर्ब डलर वृद्दि गरिएको छ । यो बजेटले चीन अमेरिकापछि रक्षाक्षेत्रमा धेरै बजेट खर्चिने चीन दोस्रो मुलुक भएको छ ।

सन् २०१३ मा अमेरिकाको रक्षा बजेट ६००.४ अर्ब डलर थियो । चीनको आधिकारिक सञ्चारमाध्यममा भने यो वृद्दि पछिल्लो पाँच सालमै सबैभन्दा कम भएको उल्लेख छ ।

चीनको अर्थव्यवस्थाको वृद्धिदर पछिल्लो साल आधिकारिक लक्ष्य ७.५ प्रतिशतबाट घटेर ७.४ प्रतिशतमा सीमित भएको थियो । सरकारले यो साल वृद्धिको लक्ष्य घटाएर करिब सात प्रतिशतमा सीमित गरेको छ ।

प्रम लिले आफ्नो भाषणमा बलियो राष्ट्रिय रक्षा एवम् शक्तिशाली सशस्त्र बल बनाउन चीनको सम्प्रभुता,  सुरक्षा तथा विकाससँग जोडिएको महत्वपूर्ण कुरा हो ।

0 comments

Write Down Your Responses