कास्कीकोटबाट पोखरा आउँदै गरेको बस दुर्घटना, तीनको मृत्यु, ६० बढी घाइते

पोखरा, २२ फागुन

कास्कीकोटबाट पोखरातिर आउँदै गरेको यात्रुबहाक बस कास्कीकोटको गोठादी भन्ने ठाउँमा दुर्घटना भएको छ ।


बस सडकबाट करिब १५० मिटर तल खसेको बताइएको छ ।


अहिलेसम्म ६० जना घाइते भएको बताइएको छ ।

घटनास्थलमा अहिले प्रहरी र उद्धारकर्मी पुगिसेका छन् ।

घाइतेहरुलाई मनिपाल, साहारा र चरक अस्पतालमा उपचार भइरहेको छ ।

 मृत्यु हुनेहरुका बारेमा केही नखुलाइए पनि तीन÷ चार जनाको मृत्यु भएको हुन सक्ने कास्कीका प्रहरी प्रमुख हरिबहादुर पालले काठमाण्डु टुडेलाई बताए । धटनाको विस्तृत विवरण आइसकेको छैन ।

0 comments

Write Down Your Responses