आजको राशिफल : आज मिति २०७१ साल चैत ०३ गते मंगलवार

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मिहिनेत र श्रमको मूल्यांकन हुन नसक्दा निराशा हुनेछ । अचलसम्पत्तिको कारोबारबाट सोचेजस्तो लाभ प्राप्त हुन सक्दैन । आम्दानीका मार्गहरु अवरुद्ध हुनेछन् । थोरबहुत आय भए पनि खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज बेतुकका बकमफुसे कुराकानीका कारण समय गएको पत्तो पाउनुहुन्न । गर्न लागेका काममा बाधा पुग्नेछ । कुनै किसिमको नेतृत्व वहन नगर्नु होला । अप्ठ्यारो र जालझेलमा फँस्न सक्नुहुन्छ । व्यापारमा मन्दी छाउने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
व्यापारीहरूले हानी व्यहोर्नु पर्छ र कर्मचारीले अपजस व्यहोर्नु पर्छ । छात्रछात्रा रमाइलोमा भुलिने छन् । यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला । अकारण वादविवादमा फँस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
जीवनसाथी वा विपरीतलिंगी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्नका लागि आजको दिन राम्रो छ । घरमा माङ्गलिक कृत्य सम्पादन गर्ने समयसमेत छ । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन । आफन्तले समेत कुरा सुन्न र समय दिन सक्दैनन् । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
व्यवसायिक क्षेत्रबाट दौडधूप गरेजति सफलता हुने छैन । भाइबहिनी र छोराछोरीबाट समेत सन्तोष प्राप्त हुन सक्दैन । दाजुभाइको क्रियाकलापले मन बिथोलिन सक्छ । पारिवारिक जीवनमा समस्या र तनाव सिर्जना हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् । जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । महत्वाकाङ्क्षी योजनामा हात हाल्नु राम्रो हुँदैन । कृषि–चौपायाबाट हानि पुग्नसक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, तर जस र सम्मानचाहि प्राप्त हुन सक्दैन । बोलीको विपरीत अर्थ लाग्नाले अप्ठ्यारामा पर्ने सम्भावना छ, संयमता अपनाउनु बेस होला । दिक्क र झर्को लाग्दो दिन हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पेसामा परिवर्तनको सम्भावना छ । आज थालेको नयाँ कामले लामो समयसम्म साथ दिनेछैन । तर्क, बहस, छलफल र प्रतियोगितामा भाग लिनु छ भने जान्नेबुझ्नेको राय लिएर अघि बढ्नु राम्रो हुन्छ । विलासिताका कारण अपव्यय हुनसक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । सन्तति र भाइबहिनीका पक्षबाट समेत सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्रमा लाभप्रद छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पारिवारिक वातावरण अनुकूल हुने छैन । मानसिक एवं बौद्धिक क्षमता ह्रासता आउने छ । नजिकैका व्यक्तिबाट अपमान वा अपजस सहनु पर्ने हुनसक्छ । आर्थिक लगानी गर्नु भर पर्दो देखिन्न । सामान हराउने सम्भावना छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आत्मबल बढ्ने छ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्ध सुमधुर रहने छ । समाजसेवाका कामबाट लाभ हुनेछ । सुखसुविधा र विलासिताका साथमा समय बित्नेछ । सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

0 comments

Write Down Your Responses