महिलामन्त्री निलमले अमेरिकामै प्रहरी बोलाउने धम्कि दिएपछि….
न्युर्योक, । महिला बालबालिका तथा समाजकल्याण मन्त्री निलम केसी र अमेरिकामा बस्दै आएका नेपाली महिला बीच घम्साघम्सी भएको छ । दोहोरो नागरिकताको विषय बिवाद भएपछि मन्त्री र महिलाबिच घम्साघम्सी भएको हो । स्थानीय महिलाको आयोजनामा न्युर्योकमा गरिएको एक भेटघाट कार्यक्रममा बिदेशमा बसेका नेपालीले आफ्नो नागरिकतालाई निरन्तरता दिनुपर्ने बताएपछि मन्त्री केसी आक्रोसित भएकी हुन् ।
अमेरिकामा बसेर महिला अधिकारका क्षेत्रमा कार्यरत सीता खरेल लगायतको समुहले दोहोरो नागरिकता लिन पाउनुपर्ने यसका लागि मन्त्रीले पहल गरिदिनुपर्ने माग गरेपछि दोहोरो नागरिकता लिन पाइदैँन भन्दै कार्यक्रमस्थलमै मन्त्री कड्किएकी हुन् ।
तपाईहरुलाई नागरिकता किन चाहियो ? अमेरिका बस्ने अनि दोहोरो नागरिकता पनि चाहिने ? उनले भनिन्, अमेरिका बसेर दोहोर नागरिकता मिल्दैन यस्ता सम्झौतामा मै हस्ताक्षर गर्दिन ।
उनले यस्तो जवाफ फर्काउने बित्तिकै कार्यक्रम स्थलको अवस्था असामान्य बनेको थियो । लामो समय चर्काचर्की परेपछि मन्त्री केसीे खाना खान बोलाएर यस्तो प्रश्न गर्ने भन्दै खाना नै नखाइ फर्किएकी थिइन् ।
नेपालमा रहँदा मन्त्री केसीसंगै रहेर विगतमा लामो समय काम गरेकी सीता खरेलले मन्त्री केसीको हात समाउँदै खाना खाएर मात्र जान अनुरोध गर्दा मन्त्री प्रहरी बोलाउँछु भन्दै कड्किएकी थिइन् । नेपालबाट आएका सरकारी प्रतिनिधिले प्रहरी नबोलाउन अनुरोध गरेपछि मन्त्री खाना नै नखाइ फर्किएकी थिइन् ।
पछिल्लो समय नेपालबाट बिभिन्न देश गएका नागरिकले नेपाली नागरिकता त्याग्नु नपर्ने तर राजनीतिक अधिकार नहुने गरी कानुन बनाउने पहल भइरहेको अमेरिकामा बस्ने स्थानीयले जानकारी दिएका छन् ।
संसदको राजनीतिक तथा संबैधानिक संवाद समितिले पनि यसमा छलफल गरेर सहमति गर्ने तयारी गरेको प्रवासी नेपाली मञ्चका अध्यक्ष संजय थापाले जानकारी दिए । बिदेशमा बस्ने नेपालीले नेपाल गएर घर जग्गा भोग चलन गर्न सक्ने, सामाजिक काम गर्न सक्ने तर राजनीतिक अधिकार कटौती गर्ने गरी कानुनी प्रावधान ल्याउन सबै राजनीतिक दल संग छलफल भइरहेको छ, उनले भने, यसमा सबै राजनीतिक दल सकारात्मक हुनुहुन्छ, हाम्रो मन्त्री ज्यु लाई यस विषयमा थाहै रहेनछ ।
उनका अनुसार पछिल्लो समय छलफल भइरहेको नागरिकताको प्रावधानले एउटा नेपालीले नेपाल फर्केर राजनीति गर्न नपाउने, चुनाव लड्न नपाउने र राजनीति गर्न चाहेमा फर्केर ५ वर्ष निरन्तर बसेको हुनुपर्ने गरी व्यवस्था गर्न लागिएको छ । यसलाई संवाद समितिमा छलफल गरी संविधानमै ल्याउने अन्तिम तयारी भइरहेको छ । यस्तो अवस्थामा मन्त्रीले हस्ताक्षर गर्दिन भन्दा स्थिति असामान्य बनेको हो ।
यस अघि पनि अमेरिकास्थित नेपाल मिसन कार्यलयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री केसीले आफु राजनीतिक पार्टीको प्रतिनिधिको हैसियतले मात्रै यहाँ बोलिरहेको बताएकी थिइन् ।
कान्तिपुरका लागि कल्पना घिमिरे लेख्छिन्, अमेरिकास्थित नेपाली राजदुत दुर्गा भट्टराईको उपस्थितिमा भइरहेको पत्रकार भेटघाट कार्यक्रममा चार पटक सम्म आफु मन्त्रीको हैसियतले नभइ राजनीतिक पार्टीको हैसियतले बोलिरहेको बताएपछि मिसन कार्यलमा पनि लामो समय आरोप प्रत्यारोप र चर्काचर्की भएको थियो । उनी नेकपा मालेबाट मन्त्री भएकी हुन् ।
0 comments
Write Down Your Responses