भारतमा ठूलो आतंककारी आक्रमण हुने अमेरिकाको खुलासा

एजेन्सी, ३ वैशाख–


अमेरिकी सुरक्षा एजेन्सी पेन्टागनका सर्वाेच्च कमाण्डरले भारतमा ठूलो आतंकवादी आक्रमण हुने आशंका रहेको बताएका छन् ।

आफ्गानस्तानबाट अमेरिकी सेना फिर्तागएपछि लश्कर ए तैयबाजस्ता आतंककारी संस्थाहरुले भारतलाई निशाना बनाएको उनले खुलासा गरेका हुन् ।

अमेरिकी सुरक्षा मामिलाका प्रमुख एडमिलर सैमुअल जे लाकलियरले आगामी एकदेखि तीन वर्षभित्र आतंकवादी संगठनको फोकस भारत रहेको र उनीहरुले त्यहाँ ठूलो घटना घटाउन सक्ने बताए ।

आफ्नो बयानमा उनले भारतको नयाँ मोदी सरकारको प्रशंसा गरेका थिए । उनले मोदी नेतृत्वले अमेरिका–भारत सम्बन्ध र रणनीतिमा नयाँ उर्जा थपेको बताएका छन् ।

0 comments

Write Down Your Responses