काजोललाई प्रेमिका बनाउन शाहरुखले पाँच करोड दिए
२०७२ वैशाख ३ गते
मुम्बई । आम दर्शकले निकै मन पराएका बलिउडका सर्वाधिक चर्चित जोडी साहरुख र काजोल फेरि एकपटक उत्कृष्ठ जोडी बन्ने भएका छन् । शाहरुखको जोडी बन्न काजोलले पाँच करोड रुपैयाँमा सम्झौता गरेकी हुन् ।
निर्माता तथा नायक साहरुख खानले निर्माण गरिरहेको चलचित्र ‘दिलवाले’मा उनले पाँच करोड लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चलचित्रमा फेरि यो जोडी प्रेमी प्रेमिकाबाट लोग्ने स्वास्नी बन्ने छन् ।
पाँच करोडमा सम्झौता गरेकी काजोल र साहरुख जुन महिनादेखि जोडी बन्ने छन् । काजोललाई चलचित्रमा आफै निर्माता रहेका साहरुख खानले ५ करोड रुपैयाँ दिएका हुन् ।
बलिउडमा चर्चित जोडी साहरुख र काजोल भएकाले काजोललाई यती ठूलो रकम दिएर चलचित्रमा फेरि जोडी बन्न निर्माता साहरुख र निर्देशक रोहित सेट्टी कस्सिएका हुन् ।
0 comments
Write Down Your Responses