जर्मनीका १४ विश्वविद्यालयमा संस्कृतको पढाइ, विद्यार्थी संख्या उच्च
३ बैसाख, काठमाडौं ।
नेपालमा विद्यालय स्तरमा संस्कृत पढाउन छोडिएको धेरै भैसक्यो । भारतका कतिपय स्थानमा संस्कृत विद्यालयमा तहमा पढाइन्छ तर पनि विस्तारै यो प्रचलन हराउँदै गएको छ । नेपालको दाङस्थित सबैभन्दा ठूलो संस्कृत पुस्तकालय जनयुद्धको समयमा माओवादीहरुले जलाएका थिए ।
तर तपाइँलाई अचम्म लाग्न सक्ला जर्मनीमा भने त्यहाँका १४ बटा विश्वविद्यालयमा संस्कृत भाषा पढाइ हुने गरेको छ । त्यति मात्र होइन संस्कृत पढनका लागि जर्मनीमा मारामार हुने गरेको समाचार डेली मेलको अनलाइन संस्करणले हेडलाइन बनाएको छ ।
समाचारमा जनाइए अनुसार जर्मनीमा संस्कृत पढ्नका लागि विद्यार्थीहरुको संख्या पनि उच्च रहेका कारण त्यहाँका अधिकाँश विश्वविद्यालयले संस्कृत भाषालाई मुख्य विषयकोरुपमा राख्ने गरेका छन् ।
बेलायतमा पनि ४ विश्वविद्यालयले संस्कृत पढाउने गरेका छन् । जर्मनीमा संस्कृत पढ्नका लागि बेलायत, इटाली लगायतका अन्य युरोपेली देशबाट समेत विद्यार्थी जाने गरेका छन् ।
जर्मनीका बुद्ध र बौद्ध धर्मको अध्यन गर्न चाहनेले समेत संस्कृत पढ्ने गरेको डेली मेलले जनाएको छ ।
0 comments
Write Down Your Responses