यी विश्वचर्चित लेखिकाको एकाउन्ट फेसबुकले बन्द गरिदियो

April 16, 2015

एजेन्सी


 फेसबुकले बंगलादेशकी विवादित तथा विश्वचर्चित लेखिका तसलीमा नसरीनको फेसबुक एकाउन्ट इस्लामिक उग्रवादीहरुले उनको पोष्टलाई लिएर उजुरी गरेपछि बन्द गरिदिएको छ ।


तसलीमाले बुधबार फेसबुकको यस कार्यलाई अस्वीकार्य भन्दै फेसबुकको स्वतन्त्रतामाथि प्रश्न उठाएकी हुन् । तसलीमाले मंगलबार आफ्नो फेसबुक एकाउन्ट बन्द गरेको र आफ्नो अनुरोधबाट बाबुजुद पनि नखुलाएको बताएकी छन् ।

‘यस्ता इस्लामिक रुढीवादीलाई सन्तुष्ट बनाउनका लागि गरियो, जो मैले आफ्नो विचार सामाजिक सञ्जालमा राख्न नसकौं,’ उनले भनेकी छन् ।

निर्वासित जीवन बिताइरहेकी तसलीमाले आफ्ना पाठकहरुसँग सम्बन्ध स्थापित गर्न रोक्नका लागि फेसबुक बन्द गरेको भन्दै आलोचना गरेकी छन् ।

तसलीमानले भनेकी छन्, ‘मलाई बंगलादेश र पश्चिम बंगालमा प्रवेश गर्न रोक लगाइएको छ । मेरो लेखन पाठकहरुले पढ्न सक्दैनन् किनकी मेरा रचनाहरुलाई प्रतिबन्ध लगाइएको छ । यसकारण मैले पाठकलाई जोड्नका लागि फेसबुक प्रयोग गरिरहेकी थिए, तर यसमा पनि प्रतिबन्ध लगाइयो ।

0 comments

Write Down Your Responses