नयाँ वर्ष मनाउने विश्वका रोचक शैली, कुन देशमा कस्तो चलन छ ?


२०७२ वैशाख १ गते


ल्याटिन अमेरिकामा यस दिन आफनो मन नपरेको जीवनसाथी छाडेको पाइन्छ । कोरिया र जापानमा विभिन्न किसिमका फुलहरुद्वारा युवालाई कन्याहरुको अगाडि नचाउने गरिन्छ, त्यसपछि मुखियाले उनीहरुलाई चाहेको वरसँग विवाह गर्न दिने गर्दछन ।
नयाँ सालको सुरुवात भएपछि त्यो सालको पहिलो दिनलाई नयाँ वर्ष भनेर मनाउने प्रचलन छ । आ-आफ्नो देशको परम्परा र संस्कृति अनुसार फरकफरक तरिकाले नयाँ वर्ष मनाएको पाइन्छ । विश्वका धेरै मुलुकमा इस्वी सम्वतको जनवरी १ लाई नयाँ वर्ष मनाउँछन् भने नेपालमा विक्रम सम्वतलाई राष्ट्रिय मान्यता प्राप्त गरेकोले वैशाख १ गते नयाँ वर्षको रुपमा मनाउँछन् ।
राजा विक्रमदित्यले विक्रम सम्वतको सुरुवात गरेको प्राचिन भनाइ रहेको छ । नेपालमा विक्रम सम्वतको सुरुवातसँगै नयाँ वर्षको रुपमा मनाउने प्रचलन सुरुवात भएको मान्न सकिन्छ । प्राचिनकालमा नेपालमा नयाँ वर्ष मनाउन विभिन्न मठ मन्दिरमा गई पुजा गरेर मनाउँथे भने अहिले शुभकामना आदनप्रदान गरेर तथा नयाँ कपडा लगाएर नयाँ वर्ष मनाउने चलनको विकास भएको छ । त्यसैगरी नयाँ वर्ष वैशाख १ गतेलाई राष्ट्रिय पर्वको रुपमा लिई नेपाल सरकारले सार्वजनिक विदा समेत दिएको छ । यस दिन भक्तपुर शहरमा बिस्केट जात्रा र काठमाडौको टोखामा लाग्ने सोपनतीर्थ मेला राष्ट्रिय दृष्ट्रिकोणले महत्वपूर्ण मानिन्छ । जसरी हरेक देशमा नयाँ वर्ष मनाउने शैली र परम्परा अलग छ । तर सबैको उद्देश्य भनेको नयाँ वर्ष मानवको लागि शुभ रहोस् भन्ने हो । अहिलेसम्म विश्वमा कहिलेबाट नयाँ वर्ष मनाउन सुरु गरियो कुनै प्रमाण छैन् । तापनी एक अनुमान अनुुसार पृथ्वीमा जहिले समयको गणना वर्षमा गन्ने चलनको विकास भयो , त्यहीँबाट नयाँ वर्ष मनाउने चलन हुन गएको प्राचिन रहेको छ । लिखित रुपमा शुभकामना आदनप्रदान गरेर नयाँ वर्ष मनाउने चलन पूर्वी युनानीहरुले हजारौँ वर्ष पहिले सुरुवात गरेको पाइन्छ ।

लेखक/सङ्कलक: भुपेन्द्र केसी

छिमेकी देश भारतको कुमाउ– गढवलमा प्रत्येक नयाँ वर्षको शुभारम्भमा पहेला रङ्गको बस्तु आफ्ना बन्धुहरुलाई उपहार प्रदान गर्ने चलन छ । पहेलो रङ्गलाई देव प्रिय रङ्गको रुपमा मानिने भएकाले शुभ प्रतिक चिन्नको रुपमा रुमाललाई पहेलो रङ्गमा रङ्गाएर परस्परमा आदानप्रदान गरिन्छ । राजस्थानमा मीठामीठा पकवान व्यञ्जन र मिष्ठान्न तयार पारी आ–आफनो बन्धुबान्धवलाई आदानप्रदान गर्ने चलन छ । पंचावमा गणेश र लक्ष्मीको पुजा गरेर सामुहिक नाच आयोजना गरी आनन्द व्यक्त गरिन्छ । महाराष्ट्र र त्यसका वरीपरी रंगीबिरंगी फूलहरुमा आफनो घरमा सजाउँछन् । बंगालमा गीत गाउँदै ख्याल ठट्टा गर्ने तथा नाटकको आयोजना गरेर आनन्द व्यक्त गर्दछन । नववर्षको बेलामा भारतमा शुभ चलन हेर्ने चलन छ ।
रोमन ग्रीकमा इन्साइक्लोपेडियामा पार्ने हर्ष र उमङ्गको साथ नयाँ वर्ष मनाउने परम्परा उल्लेख गरिएको देखिएको छ । त्यसैगरी बिट्रिस म्यूजियम लण्डनबाट पुरानो अरवी सोधपत्र अनुसार आजका हजारौ बर्षपूर्व नीलघाटीका मानिसहरुमा नववर्षको पूर्व सन्ध्याको एक सामूहिक भोज आयोजना गरेर नयाँ वर्ष मनाउने गरेको पाइएको छ ।
बर्माको बर्मेली समाजमा नयाँ बर्षको उत्सवलाई विज्ञान भनिन्छ । घर र वरिपरी सजिसजाउ पारेर आफन्तहरुमा भेटघाट र एकसाथ खाना खाई शुभकामना व्यक्त गर्दछन् । सो दिन शान्ति र सत्बुद्धिको प्रतिकको लागी भगवान वुद्धको पुजा गर्ने चलन छ ।
चीनमा नयाँवर्षको प्रारम्भ हुनुभन्दा एक हप्ता अगावै विभिन्न किसिमका भुइचम्पा उडाएर भान्साको देवताको साथै पछिल्लो वर्षलाई बिदा दिएर, फेरी त्यो देवताको आगमन भएकोमा नयाँ वर्षको अभिनन्दन दीपद्धारा स्वागत समारोह हर्षपूर्वक लाग्दछन् । चीनमा रातभर जागा बसेर आमा, बावु र गुरुलाई आदर भाव व्यक्त गरी आशिर्वाद प्राप्त गर्नुको साथै स्वादिष्ट भोजन गर्ने चलन छ ।
यसैगरी बिट्रिसको पुरानो ऐतिहासिक ग्रन्थ अनुसार त्याहँका केही आदिबासीहरु पुरानो वर्षको अन्तिम दिन गाउँ, टोल वा छिमेकमा सबै मानिस एकैठाउँमा जम्मा भएर आ–आफनो इष्टदेवताको त्यसमा पनि विशेषगरी सूर्यको पुजा गरेर नयाँ वर्ष मनाउने गरेको पाइन्छ । त्यतिबेला उनीहरुको अघिल्लो दिन सुर्यस्तको समयदेखि लिएर नयाँ वर्षको सूर्योदय नहुन्जेल सूर्यको पुजा एवं उपासाना गरेर नयाँ बर्ष मनाउने गरेको देखिन्छ ।
जापानमा नयाँवर्षको आगमनमा घरहरुलाई हरिया वृक्षहरुले सजाउनुको साथै शुद्ध जल पिउने गर्दछन्, जसलाई नवजात जल भनिन्छ । नवजात जल पिउनाले आयु वृद्धिमा र देहमा आरोग्य प्राप्त हुनेछ । यही दिन आफू भन्दा मान्यजनबाट आशिष लिने र अरुहरुको ऋण चुक्ता गर्ने गर्दछन् । यस दिनमा चंगा उडाउनुको साथै स–साना बालकहरुलाई अक्षराम्भ गर्न शुभ मान्दछन् । नयाँ बर्षलाई जापानमा “यावुरी” भन्दछन् ।
त्यसैगरी भ्याटिकन सिटीमा क्रिसमसपछि नयाँ वर्ष मनाउने पर्व मानिन्छ । भ्याटिकनमा नयाँ वर्ष मनाउने क्रममा नयाँ सालको पहिलो दिनको बिहान आकाशमा सेता परेवाहरु उडाएर र एउटा ठुलो केक भ्याटिकन सिटीको चर्चको परिसरमा हर्षाउल्लासका साथ बाँड्ने गरिन्छ ।
त्यसैगरी अष्ट्रेलिया र न्युजील्याण्डमा पनि विट्रिस परम्परा अनुसार नयाँ वर्ष मनाउने गरिन्छ । यस दिन शुभकामना पत्र आदानप्रदान गर्नुको साथै अनेकौँ किसिमका उत्सव मनाउने परम्परा छ । भेनिसको जनजाति इलाकामा यस दिन चर्चहरुमा सामूहिक विवाहको आयोजना गरी नयाँ वर्ष मनाउने गरिएको देखिन्छ । त्यसैगरी ल्याटिन अमेरिकाको एक जनजाति विशेषमा यस दिन आफनो मन नपरेको जीवनसाथी छाडेको पाइन्छ । कोरिया र जापानका कुनै ठाउँमा यस दिन विभिन्न किसिमका फुलहरुद्वारा युवाहरुलाई कन्याहरुको अगाडि नचाउने गरिन्छ । त्यसपछि मुखियाले उनीहरुलाई चाहेको वरसँग विवाह गर्ने अनुमति दिने गर्दछन ।
थाइल्याण्डमा प्रत्येक घरमा दियो बालेर दिपावली गरी नयाँ वर्ष मनाउँदछन् । साथै त्यो दिन बौद्ध मन्दिरमा गएर प्रार्थना गर्दछन् । इरान र इराकसहित अरबको देशहरुमा नयाँ वर्षको आगमन उत्सवलाई “नौरोज” भन्दछन् । राती दियो बालेरा त्यसको प्रकाश उत्साहपूर्वक रमाइलो मनाउँछन् ।
फ्रान्समा ‘वासिली दिवस’को रुपमा, पोर्चुगलमा साँढे जुदाएर रमाइलो गरिन्छ । स्पेनमा नयाँ बर्षका दिन कमसेकम एक दर्जन अगुंर खाएर नयाँ वर्ष मनाउछन् । अमेरिकामा यस दिन अभिनन्दन समारोह मनाउने चलन छ भने अष्ट्रेलियामा त्यहाँ नागरिहरुको स्वर्ण मुद्रा, ब्रुस, बत्तीको चिम जस्ता वस्तुहरुको आदानप्रदान गर्नुुको साथै उपहार चढाउने परम्परा छ । अफ्रिाकामा यही नयाँ वर्षको दिन सामूहिक विवाह गर्ने चलन छ ।
निष्कर्षमा के भन्न सकिन्छ भने जहाँ जसरी नयाँ वर्ष मनाए पनि यो एक वर्षमा मानवलाई शुभ होस भन्ने उद्देश्यले मनाइन्छ । यो मानव वा कुनै पनि संघसस्थाले गरेका वर्ष दिनको कामको समिक्षा पनि हो । त्यसैले विगतलाई पाठ सिक्दै वर्तमान राम्रो गराउन प्रयत्न गर्नुपर्छ । नयाँ वर्ष आफ्नो देशको परम्परा र संस्कृति जगेर्ना गर्ने काम गर्छ । यसले आफनो देशको छुट्टै मौलिक पहिचान दिन्छ ।

0 comments

Write Down Your Responses