यी हुन धेरै सम्पत्ति जोडने बलिउड स्टार

राम्रा शहरमा लोभलाग्दा हवेली किन्ने रहर कसलाई नहोला ? तर, यो रहरमा ब्रेक लगाइदिन्छ सिमित आम्दानीले । एउटै फिल्म खेलेर दशौं करोड रुपैयाँ आर्जन गर्ने बलिउड स्टारका लागि भने यो कुनै सपनाको बिषय हैन् । त्यसैले त उनीहरु अभिनयसँगै दुनियाभर आफ्नो सम्पत्ति जोडनमा पनि सक्रिय छन् । धेरै धनाढ्य भारतीय कालाकारका लागि महंगा स्थानमा घरजग्गा किन्न सौशसँगै ब्यबसाय पनि बन्ने गरेको छ । जसमा अमिताभ बच्चनदेखि शाहरुख खान, करिना कपुर र ऐश्वर्या राय बच्चनसम्म सक्रिय छन् ।
अमिताभ बच्चन

अमिताभ बच्चनले पछिल्लो पटक मुम्बईमा पाँचौं बंगला खरीद गरेका छन् । यसको क्षेत्रफल मात्रै आठ हजार वर्ग फीट रहेको छ । उनी अहिले जलसामा बस्दै आएका छन् । यसको अतिरिक्त उनको फ्रान्समा पनि तीन करोड रुपैयाँ बराबरको सम्पत्ति रहेको छ ।
शाहरुख खान
शाहरुख खानको मुम्बईमा महंगो बंगला छ- मन्नत । अर्को ६४ फ्लोरको अर्पाटमेन्टमा दुई फ्ल्याट किनेका छन् । यसको मूल्य एकसय करोड भन्दा बढी रहेको छ । नयाँ दिल्ली, लण्डन, दुबईमा पनि शाहरुखको सम्पत्ति रहेको छ ।

करिना कपुर खान

करिना कपुरले हालै १५ करोड मूल्य पर्ने थ्री बीएचके को एउटा फ्ल्याट खरीद गरेकी छिन् । यो फ्ल्याटमा उनकी आमाको पनि लगानी रहेको छ । यसको क्षेत्रफल दुई हजार ५० वर्गफिट रहेको छ । यसको अतिरिक्त उनको पति सेफअलि खानको पनि मुम्बईमा प्रसस्त सम्पत्ति छ ।
ऐश्वर्या राय
ऐश्वर्या रायले मुम्बईको पाँस क्षेत्रमा ६ करोड मूल्य बराबरको फ्ल्याट खरीद गरेकी छिन् । पति अभिषेक बच्चनसंगको संयुक्त लगानीमा उनले थुप्रै स्थानमा बंगला, अपार्टमेन्ट र जग्गा खरिद गरेकी छिन् ।

0 comments

Write Down Your Responses