प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका व्यक्तिलाई एमालेले किन संरक्षणमा गरयो .. ?

४ वैशाख, काठमाडौं ।
दुईजनाको हत्या अभियोगमा प्रहरीद्धारा ‘सवार्धिक खोजी सूची’ मा राखिएका योगनारायण यादवलाई एमालेले संरक्षण दिएको आरोप लागिरहेका बेला सोही पार्टीका एक जिम्मेवार नेताले उक्त आरोपको पुष्टि गरेका छन् । प्रहरीले खोज्दा फेला नपरेका वैकल्पिक पोलिटब्युरो सदस्य योगनारायण पार्टीकै सम्पर्कमा रहेको एमाले धनुषा इन्चार्जले बताएका छन् ।


विहीबार एमाले धनुषा जिल्ला कार्यसमितिद्धारा आयोजित पत्रकार सम्मेलनमा जिल्ला ईन्चार्ज तथा केन्द्रिय सदस्य श्रीप्रसाद साहले प्रहरीको अनुसन्धानमाथि विश्वास नरहेकाले योगनारायणलाई प्रहरीसमक्ष आउन नदिइएको बताएको छन ।
‘मुद्दा अदालतमा गएपछि हाम्रा नेता आफैं उपस्थित हुन्छन्’, उनले भने, ‘प्रहरीमाथि हामीलाई भरोसा छैन ।’

एमाले अध्यक्ष केपी ओलीनिकट मानिएका योगनारायण गृहमन्त्री वामदेव गौतमकै संरक्षणमा रहेको स्रोतले बताएको छ । सबैलामा दबङ्ग नेताका रुपमा परिचित योगनारायणलाई समात्ने काम प्रहरीको सजिलो नरहेको सबैलावासीहरुको भनाइ छ ।

विद्यालय व्यवस्थापन समितिको चुनावको क्रममा आफ्नो पक्षका मानिस अध्यक्ष बन्न पाउनुपर्ने विषयमा विवाद भएपछि योगनारायण नेतृत्वमा रहेका करिब २५ जनाको समूहले अर्को पक्षमाथि आक्रमण गरेको थियो ।
झडपको क्रममा गम्भीर घाइते भएका रामसेवक राउत गडेरीको उपचारको क्रममा काठमाडौं लाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । सोही राति स्थानीय रामप्रकाश यादवको गोली हानी रहस्मय तरिकाले हत्या गरिएको थियो । घटनामा १२ जनाभन्दा बढी गाउँले घाइते भएका थिए ।

सोही घटनामा संलग्न रहेको भन्दै जिप्रका धनुषामा सिकिल देवी र श्याम किशोर साहले योगनारायणमाथि कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेका हुन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

यादवसँगै उनका भाइहरु र एमालेका नेता कार्यकर्तासहित २४ जना विरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ ।
चैत ८ गते धनुषाको सबैला नगरपालिका–१ मा मदन आश्रित निमाविको व्यवस्थापन समितिको विवादको क्रममा यादवकै निर्देशनमा दुईजनाको हत्या भएपछि प्रहरीले यादवलाई खोजिरहेको छ ।

0 comments

Write Down Your Responses