जहाँ आमाबाबुले होइन छोराछोरीले बाबुआमाको विवाह गराउँछन्

एजेन्सी । आमा–बाबुले छोराछोरीको विवाह गराउँछन् तर छोराले आफ्नै आफ्नै बाबु आमाको विवाह गराउँनुपर्ने अवस्था समेत नौलो रहेन ।
राजस्थानको आबू सडकस्थित केही आदिवासी बाहुल्य गाउँमा लिभ इन सम्बन्ध धेरैवर्ष पहिलेदेखि परम्परा जस्तो बनेको छ ।
त्यहाँ अप्रिल महिनामा लाग्ने प्रसिद्ध गणगौर मेलामा युवा युवती भेला हुने र आफ्नो लिभ इन टुगेर साथी खोज्ने गर्छन् । नयाँ स्थानमा यी जोडीले पति–पत्नीजस्तै दाम्पत्य जीवन बिताउने गर्छन ।
बच्चा जन्मने निश्चित भएपछि परिवारले विवाहसहित घर लैजाने गर्छन । तर कुनै कारणवश परिवारका सदस्यले यसलाई स्वीकृति दिएनन् भने उनीहरुको जीवन लिभ इन सम्बन्धमै बित्ने गर्छ ।
दाम्पत्य जीवनको दायित्व निर्वाह गर्ने यस्ता जोडीका बच्चाहरु जब विवाहको तयारीमा लाग्छन् र आफ्नो लिभ इन खोज्न थाल्छन् उनीहरुले बाबुआमाको विवाह गराउँछन् । यसपछि मात्रै उनीहरुलाई समाजमा जाने स्वतन्त्रता प्राप्त हुन्छ ।

0 comments

Write Down Your Responses