जाजरकोटमा स्वाईन फ्लु फैलिएको पुष्टी, १६ को ज्यान गइसक्यो
Apr 14, 2015
जाजरकोटमा फैलिएको अज्ञात रोगका कारण विरामी भएका केही व्यक्तिमा स्वाईन फ्लु भेटिएको पुष्टि भएको छ ।
जिल्लाबाट नमुना संकलन गरेर काठमाण्डु ल्याईएका ३ जना व्यक्तिको खकार, रगत र दिसाको नमुना परिक्षण गर्दा स्वाईन फ्लुको पुष्टि भएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
स्वास्थ्यमन्त्री खगराज अधिकारीसहित गएको सरकारी टोलीले संकलन गरेर ल्याएका १२ जनाको नमुनामध्य ३ जनामा स्वाईफ्लुको पुष्टि भएको महाशाखा प्रमुख डा. बाबुराम मरासिनीले जानकारी दिए ।
अन्य ९ जनाको प्रयोगशालामा परीक्षण भईरहेको र थप रिपोर्ट आउँन बाँकी रहेको मरासिनीले जानकारी दिए । केहीसमयदेखि फैलिएको रोगका कारण जाजरकोटमा १६ जनाको मृत्यु भईसकेको छ ।
सबै जनाको मृत्युको कारण स्वाईन फ्लु नै हो वा होईन अहिले नै एकीनसाथ भन्न नसकिने भन्दै महाशाखा प्रमुख मरासिनीले अन्य व्यक्तिको नमुना परीक्षणपछि फैलिएको रोगबारे थप पुष्टि हुने बताए ।
जाजरकोटमा फैलिएको अज्ञात रोगका कारण गएराति टालेगाउँ गाविसमा चारजनाको मृत्यु भएपछि मृतकको १६ पुगेको छ । जाजरकोटको पैंक, अर्छानी, नायकवाडा, टालेगाउँ र सक्ला गाविसमा गरी करिब १६ सय जना बिरामी छन् ।
0 comments
Write Down Your Responses