एनटिसीका ३८ लाख पोष्टपेड फोन शनिबार सम्म अवरुद्ध हुने

Apr 17, 2015


४ बैसाख, काठमाडौं ।

देशमा सबै भन्दा बढी सक्रिय प्रयोगकर्ता भएको नेपालकमले आफ्नो पोष्टपेड सेवा सुधार गर्न लागेका कारण ग्राहक भने मर्कामा पर्ने भएका छन् । टेलिकमका करिव ३८ लाख पोष्टपेडमा फोन शनिबार बिहानसम्म सेवामा समस्या आउने टेलिकमले जनाएको छ ।

शुक्रबार दिउसो देखि नै फोनमा समस्या आउन थालेको छ । सिष्टम अपग्रेडेसनका कारण यस्तो भएको टेलिकमले जनाएको छ ।

कतिपय मोबाइलमा सेवा नै अवरुद्ध हुन सक्ने र अधिकाँशमा सामान्य अवरोध पछि सुचारु हुन सक्ने टेलिकमले जनाएको छ । कतिपय प्रिपेडमा समेत समस्या आउन सक्ने बताइएको छ ।

शनिबार विमान देखि भने फोनमा कुनै अवरोध नहुने पनि टेलिकमले स्पष्ट पारेको छ ।

0 comments

Write Down Your Responses