सडकमा भीख मागेर पेट पाल्ने यी व्यक्ति कसरी भए हजार करोडका मालिक ?
वैशाख २५ गते
काठमाडौं । स्कुलमा साथीले छाडेका रोटी बटुलेर खाने एक व्यक्ति आज हजार करोड रुपैयाँ सम्पत्तिको मालिक बनेका छन् । भनिन्छ सबैको दिन आउँछ । यहाँ त्यो भनाईलाई पुष्टि गरिदिएको छ ।
स्कुलमा साथीहरुको अपमान, घृणा सहेर उनीहरुले फालेका रोटी टिपेर घर ल्याउँथे । यो परिस्थती उनी कक्षा तीनमा पढ्दाको हो । उनका बुबा क्यान्सर रोगी थिए । जसको उनी कक्षा आठमा पढ्दा मृत्यु भयो ।
उनका बाबु रिक्सा चलाउने काम गर्थे । धेरथोर पैसाले खाने कुराको जोहो गर्थे । तर त्यो पर्याप्त हुन्थेन । जसका कारण उनी आमा बुबा र भाई वहिनीको पेट पाल्न स्कुलबाट जुठो खानेकुरा ल्याएर आउथे ।
साथै स्कुलमा खानेकुरा नपाएपछि सकडमा भीख मागेर भएपनि ल्याउँथे । यो कथा हो विनोबानगर, बैंगलोरको झुग्गी झोपड़ीमा बस्दै कुलाचार नानजुनदाचारको । आमाबुबा र भाई बहिनीको पेट भर्न भीख माग्थे उनी ।
तर आज ४९ वर्षका नानजुनदाचार यी सबै परिस्थितीलाई पार गर्दै धनको जीवनमा प्रवेश गरेका छन् । अहिले केपी नानजुनदी नामले प्रख्यात उनी लक्ष्मी गोल्ड पैलेसका मालिक हुन् ।
र कर्नाटकमा उनको कम्पनी पनि प्रख्यात छ । यो वर्षसम्ममा उनको सम्पत्ति हजार करोड पुगेको छ । यति सम्पत्ति नानजुनदीले कसरी कमाए त ? झुपडीमा बस्दा बाबु रिक्सा चलाउँदै आएका थिए ।
उनी स्कुल पढ्नुका साथै पेट पाल्ने जोहो गर्थे । त्यही क्रममा बाबुको क्यान्सरबाट मृत्यु भयो । जसका कारण उनीमाथि पुरै परिवारको जिम्मेवारी थपियो । त्यो जिम्मेवारी पूरा गर्न उनले बाबुको पेसा रिक्सा चलाउँन थाले ।
दिनमा स्कुल जाने भएकाले उनी राति नसुतेर रिक्सा चलाउँथे । राति उनी थोरै समयमात्र सुत्थे । रिक्सा चलाउँदा चलाउँदै उनले १२ कक्षा सम्मको शिक्षा लिए । १२ कक्षामा उनी फस्ट डिभिजनमा पास गरे ।
प्लस टु पास भएपछि आफ्नो बहिनीको मंगलसुत्रबाट उनले सुन पसलको सुरुवात गरे । त्यसको केही महिनापछि संघर्ष गरेर उनले पाँच वटा अटो रिक्सा समेत खरिद गरे । त्यही दौरामा सम्पत्ति जोड्दै जाँदा आफ्नो परिवारलाई राम्रो पक्की सुख सुविधा भएको घरमा राखे । गरिबीकै कारण नानजुनदीले २८ वर्षको उमेरमा पहिलो पटक आफ्नो घरमा बिजली देखका थिए ।
घर किनेपछि उनले ज्वलेरी व्यसायलाई निरन्तर अगाडी बढाए । ज्वलेरी व्यवसायबाटै आज उनी हजार करोडको मालिक बनेका हुन् । केपी नानजुनदीले एक्शन स्टार जैकी चैनको चलचित्रलाई चेन्नई बाट बैंगलोरसम्म बेच्ने काम पनि सुरु गरे ।
जसले उनलाई आर्थिक रुपमा थप मजबुद बनायो । आज उनि कन्नड चलचित्र निर्दशनमा हात हालेका छन् । संषर्घ नै जीवन हो भन्ने कुरा उनको सफलताको कथाले प्रष्ट पारेको छ ।
उनी भन्छन्-‘विगतका दुःखका दिन सोच्दा आजको यो अवस्था कल्पना जस्तै लाग्छ ।’ नानजुनदी अहिले कर्नाटक मात्रै होइन भारतकै चर्चित व्यापारी बनेका छन् । उनलाई भारतका प्रधानमन्त्रीले पनि बधाई दिएका थिए । एजेन्सी
0 comments
Write Down Your Responses