जनताको छाप्रो छैन, मन्त्रीहरुलाई नयाँ गाडी, पण्डितले फिर्ता गरे गाडी किन्ने पैसा
काठमाण्डु, २५ वैशाख–
भूकम्पपीडितको राहत र पुनःस्थापनामा जुट्नु पर्ने चटारोमा मन्त्रीहरुलाई भने अर्थले नयाँ गाडी स्वीकृत गरेर उपहार दिएको छ ।
विभिन्न मन्त्रालयले मन्त्रीका लागि माग गरेको नयाँ गाडीको प्रस्ताव अर्थ मन्त्रालयले भटाभट स्वीकृत गरेको ।
खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले त एक महिना अघि नै नयाँ स्करपियो किनिसकेका छन् । उर्जा मन्त्री राधा ज्ञवालीका लागि पनि बजेट स्वीकृत भएको छ । उर्जाले गाडी खरिद गर्न करिब ९० लाख रुपैया पाएको छ भने सामान्य प्रशासन मन्त्रीका लागि अर्थले ८० लाख रुपैया स्वीकृत गरेको छ । अर्थले नयाँ गाडी माग गर्ने सबैजसो मन्त्रीहरुका लागि हालै बजेट स्वीकृत गरेको हो ।
लालबाबुले फिर्ता गरे नयाँ गाडी किन्ने पैसा
यसैबीच सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नयाँ गाडीका लागि अर्थले स्वीकृत गरेको ८० लाख रुपैया फिर्ता गरेका छन् ।
उनले मुलुक विपदमा परेको बेला मन्त्रीले नयाँ गाडी चढ्न नसुहाउने भन्दै रकम राहत र पुनःस्थापनामा लगाउन अर्थलाई फिर्ता दिएका हुन् ।
सामान्य प्रशासन मन्त्री पण्डितका स्वकीय सचिव ओसिम आलमले भने,‘ विहिबार बेलुका गाडी फिर्ता गर्ने कागजी प्रक्रिया सकिएको छ, मन्त्रीज्यूले सो रकम भूकम्पपीडितको राहत र पुनःस्थापनामा खर्च होस भन्ने इच्छा राख्नु भएको छ ।
0 comments
Write Down Your Responses