भारतबाट आएको राहतको पाउरोटीमा ढुसी, चाउचाउ र जुस ‘डेट एक्स्पाएर’
काठमाण्डु, २५ वैशाख–
भूकम्पपीडितको राहतका नाममा छिमेकी राष्ट्र भारतबाट ल्याइएको पाउरोटीमा ढुसी पाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नमुना परीक्षण गर्दा राहतका लागि पठाएका चाउचाउ, पाउरोटी र जुसमा म्यादा सकिएको छ । ती खाद्य वस्तु उपभोग गर्न मिल्दैन । त्यस्ता राहत सामग्री भारतका विभिन्न संघ संस्थाले संकलन गरी नेपाल पठाएका थिए ।
भारतको मजफ्फरपुरमा उत्पादीत बैसाली ब्रान्डको पाउरोटी म्याद नाघेको पाइएको छ । विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीकाअनुसार परीक्षण गर्दा म्याद नाघेको पाइएकोले एक हजार प्याकेट पाउरोटी नष्ट गरिएको छ ।
–राजधानी दैनिकबाट
0 comments
Write Down Your Responses