दोलखा र सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर बिहानै भूकम्प

२०७२ बैशाख २५ शुक्रबार


काठमाडौं: काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा शुक्रबार बिहानै भूकम्पको धक्का महसुस भएको छ। विनाशकारी भूकम्प गएको १४ दिनका दिन बिहानै भूकम्पको धक्का महसुस भएको हो।

बिहान ६ बजेर १७ मिनेटमा  दोलखा र सिन्धुपाल्चोकको सिमानालाई केन्द्रबिन्दु बनाएर ५ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

यसअघि बिहान २ बजेर १९ मिनेटमा सिन्धुपाल्चोकमै केन्द्रबिन्दु बनाएर ४  म्याग्निच्यूटको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

0 comments

Write Down Your Responses